नेपाल राज्य संवाददाता
काठमाडौ– साउन ६ र ७ गते हेटौडामा हुने नेपाल प्रेस युनियनको केन्द्रीय नवौं महाधिवेशनमा वरिष्ठ सञ्चारकर्मी कल्पना शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । प्रेस युनियन केन्द्रीय सदस्य तथा प्रकाशन विभाग प्रमुख शर्मा दुई दशक देखि पत्रकारितामा सक्रिय रहेकी छिन् ।
नविन सन्देश मासिक र न्युज दैनिक अनलाइनकी सम्पादक शर्माले प्रेस युनियनको संगठनलाई बलियो बनाउन अहोरात्र खट्ने सशक्त पत्रकार हुन । प्रकाशन विभागबाट युनियन पत्रिका, स्मारिक प्रकाशन, कोभिडका बेला स्वास्थ्य सामग्री वितरण, संगठन निर्माण जस्ता थुप्रै काम शर्माबाट भएका छन् ।
युनियनकर्मीबीच निकै लोकप्रिय शर्माले हेटौडामा हुने महाधिवेशन सफल पार्न प्रेस युनियनको केन्द्रीय कार्यालय थापा गाउँमा पुगेर दैनिक काम गर्दै आएकी छिन् ।