दाङ – नागपञ्चमी, थारु समुदायको गुरही पर्व र यादव समुदायको गुडिया पर्वको अवसरमा दाङका दुई स्थानीय तहले सार्वजनिक बिदा घोषणा गरेका छन्।
राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले भोलि (मंगलबार)का लागि सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।
दुवै पालिकाले मंगलबारको दिन विशेष सांस्कृतिक चाडपर्व पर्ने भएकाले बिदा दिने निर्णय गरिएको जानकारी दिएका छन्।
जारी सूचनामा बहुजातीय, बहुसांस्कृतिक समुदायको चाडपर्वलाई सम्मान गर्दै बिदा दिने निर्णय गरिएको उल्लेख छ।