काठमाडौं।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिदैँ छन् पौडेलको शपथग्रहण राष्ट्रपति निवास शीतलनिवासमा हुनेछ ।
उनलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल देशको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित हुँदा उनले एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गरेका थिए ।