Author: नेपाल राज्य
नेपाल राज्य संवाददाता कपिलवस्तु– कपिलवस्तु शिवराज नगरपालिका–३ र ५ मा रहेको रहतावल सामुदायिक वन उपभोक्ता समितिले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा ४ सय ५० जनाले सेवा लिएका थिए । जसमा ६५ जना पाठेघरका विरामीको स्वास्थ्य उपचार गरिएको थियो । हाडजोर्नी, नशा सम्बन्धी, सुगर प्रेसर लगायतको स्वास्थ्य सेवा प्रदान गरिएको वनका अध्यक्ष यज्ञ बेल्वासेले बताए । वनले आफ्ना उपभोक्ता समक्ष रचनात्मक काम गर्दै आएकोमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर विरामीको लागि काम गरेको हो । शिविरको कार्यक्रममा लुम्बिनी प्रदेसभा सदस्य अर्जुन केसी, वैज्ञानिक वन व्यवस्थापन समिति अध्यक्ष रेनु सेन, वरिष्ठ वन अधिकृत पहलमान सेर्बुजा मगर लगायतको उपस्थिति रहेको…
अर्घाखाँची। नेकपा मसालका सक्रिय नेता तथा भूमिकास्थान नगरपालिका–३ हिले बरारुख निवासी नरहरी पौडेल (बादल) को ५४ वर्षको उमेरमा निधन भएको छ। दिर्घकालदेखि कम्युनिष्ट आन्दोलनमा समर्पित बादलको निधनप्रति नेकपा मसाल अर्घाखाँचीले गहिरो दुःख व्यक्त गरेको छ। पार्टी प्रवक्ता पशुपति ढकालले बादलको पार्थिव शरीरमा कम्युनिष्टको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । बादल लामो समयदेखि नेकपा मसाल र राष्ट्रिय जनमोर्चासँग आबद्ध हुँदै कम्युनिष्ट आन्दोलन तथा सामाजिक रूपान्तरणको अभियानमा सक्रिय रहेका थिए । स्वर्गीय नेता बादलप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित शोकसभामा राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर वि.सी., भूमिकास्थान नगरप्रमुख झविलाल थापा, उप–प्रमुख बालकृष्ण बन्जाडे, नेता सागर के.सी., राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, सचिव बाबुराम…
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले मुलुकका विभिन्न क्षेत्रको विपत् व्यवस्थापनका लागि बजेट अभाव हुन नदिने बताएका छन्। ललितपुर जिल्लाबाट निर्वाचित जनप्रतिनिधिको संयुक्त टोलीसँग आज भएको छलफलमा उपप्रधानमन्त्री पौडेलले बाढी पहिरोले उत्पन्न विपत्को यथाशीघ्र व्यवस्थापन गर्ने बताए। विपत् प्राधिकरणसँग आवश्यक समन्वय गरी सम्बन्धित मन्त्रालयमार्फत बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले टोलीले राखेका सम्पूर्ण विषयमा आफू सकारात्मक रहेको र सोको सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता जनाए। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणा नेतृत्वको उक्त टोलीले गत असोज ११ र १२ को बाढीका कारण क्षतिग्रस्त बस्ती तथा संरचनालाई तत्काल पुनर्निर्माणका लागि बजेट व्यवस्थापनको माग गरेको हो।…
अर्घाखाँचीको पाणिनि तपोभूमिमा भव्य रुद्राविषेक, श्रावणि मेला तथा बोलबम कार्यक्रम हुँदै
भिम विश्वकर्मा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा रहेको ऐतिहासिक पाणिनि तपोभूमिमा यस वर्ष पनि भव्य रुद्राविशेष्क, श्रावणि मेला तथा बोलबम कार्यक्रम आयोजना हुने भएको छ। श्रावण महिनाभर चल्ने यो मेला श्रावण १ गतेदेखि सुरु भई भाद्र १ गतेसम्म सञ्चालन हुनेछ। पाणिनि तपोभूमि धामका संरक्षक बाबा योगिराजका अनुसार गत वर्षजस्तै यो वर्षपनि बोलबम आयोजना गर्न लागिएको छ । यो १ महिनाको अवधिमा विभिन्न धार्मिक अनुष्ठान समेत हुनेछन। प्रत्येक वर्षझैँ यस पटक पनि पाणिनि तपोभूमिमा दर्शनार्थी तथा भक्तजनहरूको घुइँचो लाग्ने अपेक्षा गरिएको छ। विशेषगरी श्रावण महिनामा भगवान शिवको पूजा आराधना गर्न र बोलबममा सहभागी हुन विभिन्न स्थानबाट भक्तजनहरू आउने गर्दछन्। २०६९…
काठमाडौं । अर्घाखाँची मालारानी-५ बाँगीका नवकलाकार मणि कुँवरको नयाँ गीत ‘बैमानी’ सार्वजनिक भएको छ । भावनात्मक गहिराइ बोकेको यस गीतमा मणि कुँवर र लोकप्रिय गायिका समिक्ष्या अधिकारीको स्वर रहेको छ। गीतका शब्द र संगीत स्वयं मणि कुँवरले तयार पारेका हुन्। ‘बैमानी’ मा ओबी रायमाझी र लोसिना लामिछानेले दमदार अभिनय गरेका छन् भने गीतको निर्देशन विक्रम चौहानले गरेका हुन् । भिडियोको छायांकनदेखि सम्पादनसम्म अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ भन्ने निर्माण टिमको भनाइ छ। बुधबार शुभारम्भ डिजिटल म्युजिक प्रा.लि (Shubharambha Digital Music) द्वारा सार्वजनिक भएको गीतले दर्शक-श्रोताको मन लोभ्याउदै गीत सामाजिक संजालमा सेयर भएको छ । गीतले नेपाली आधुनिक संगीतमा नयाँ स्वाद…
काठमाडौं । रौतहटको राजपुर नगरपालिका–३ की ३० वर्षीया गुलनाज खातुनको मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। आज दिउँसो सुत्ने कोठामा चार्ज गर्दै गर्दा करेन्ट लागेपछि गम्भीर घाइते भएकी खातुनलाई अस्पताल लगिएको थियो। प्रादेशिक अस्पताल गौरमा साँझ ५ बजे मृत घोषित गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका युवा नेता प्रेमनारायण गैरेले सरकारको आलोचना गर्दै किसानहरूको पीडामा बेवास्ता गरिएको गुनासो गरेका छन्। नेता गैरेले बुधबार सामाजिक संजालमा लेखेर बताएका छन् राम्रो कामको खुलेर प्रशंसा गर्न र कमजोरी देखिए आलोचना गर्न आफूहरूले सधैं गरेको भए पनि अहिलेको अवस्थाले निराश बनाएको छ। “छिमेकीहरुले हाम्रो बाटो छेकेर ‘लौन बाबु, १०/८ किलो भएपनि मल मिलाइदिन’ भनेर हारगुहार गरिरहेका छन्,” गैरेले भने, “बाउआमाले मलबिना पिरोलिएको देखिरहेका छोराछोरीहरुले राज्यलाई हेर्ने दृष्टिकोण के बन्ने हो?” गैरेले मलबिउको अभावले कृषक मात्रै होइन, देशमै केही गर्ने सपना बोकेका युवाहरू पनि निराश भएको तर्क गरे। “देशमै केही गरौँ भन्ने युवाहरूमा आश हराउँदै गएको…
काठमाडौं । टिकटकमार्फत जातीय, साम्प्रदायिक र प्रतिष्ठित व्यक्तिहरूविरुद्ध भ्रामक सामग्री प्रचार गरेको अभियोगमा पक्राउ परेकी रमा बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। खोटाङकी ३१ वर्षीया बस्नेतलाई साइबर ब्युरोले आइतबार भक्तपुरबाट पक्राउ गरेको हो। उनले नेताहरु विरुद्ध टिकटक सामग्री पोष्ट गरेकी थिइन्।
काठमाडौं । वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिने भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । धादिङकी रमिला अधिकारी वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा काठमाडौँ चण्डोलबाट पक्राउ परेकी हुन । निरज कुमार थारुको जाहेरीका आधारमा पक्राउ परेकी अधिकारीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको कार्यशैलीविरुद्ध जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू आन्दोलित बनेका छन्। सेवा प्रवाह, कार्यसम्पादन र व्यवहारमा असन्तुष्टि जनाउँदै बुधबार करिब ३ घण्टा काम ठप्प पारिएको थियो। सेवा प्रभावित भएपछि प्रमुख जिल्ला अधिकारी खरेलले माफी मागेपछि कामकाज पुनः सुचारु भएको छ।
