Author: नेपाल राज्य
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–५ बाँगीका २ वर्षीय सुप्रीम रसाईलीको जीवनरक्षाका लागि हङकङबाट आर्थिक सहयोग जुटेको छ । सुप्रिम रसाइलीको उपचार तथा बचाउका लागि हङकङमा कार्यरत अर्घाखाँची मालारानी–५ बाँगी बझेरी उपल्ला डाँडा हाल शिवराज नगरपालिका–५ चनौटाका विकाश भुसाल र आकाश भुसालको अग्रसरतामा एकमुष्ट रु ७४ हजार आर्थिक सहयोग संकलन गरिएको ससमाजसेवी पिताम्बर भुसालले जानकारी दिएका छन्। सहयोग अभियानमा विकास आकाशभुसाल सँगै भानुभक्त पन्त तथा पन्त परिवार, अमिर कुमार क्षेत्री, कौशल कंडेल, प्रविन गुरुङ, राजापति गुरुङ, राम भण्डारी, गमन घले, अरुण गुरुङ, साईमन गुरुङ, सागर पोखरेल, अन्तिमा गुरुङ, अजु राई, मनोज थापा, हरि गुरुङ, विशाल श्रेष्ठ र निशान गुरुङ लगायत नेपालीहरुले…
अर्घाखाँची। हाँस्ने खेल्ने उमेरमा बाँगीका सुप्रीम रसाईलीले जीवन-मरणको दोबाटोमै अस्पतालको बेडमा बाँच्न संघर्ष गरिरहेका जन्मजात मुटुरोगले पीडित अर्घाखाँचीको मालारानी गाउँपालिका–५ बाँगीका २ वर्षीय सुप्रीम रसाईलीको जीवनरक्षाका लागि आर्थिक सहयोग तीनदिनमै दुई लाख उठेको छ । सार्वजनिक रुपमै आर्थिक सहयोगको अपिल गरिए संगै समाज सेवि पिताम्बर भुसाल, पत्रकार नवीन रसाइली लगायतका व्यक्तिले सुप्रीम रसाईली बचाउ अभियान चलाएका थिए । पारिवारिक अवस्था कमजोर हुँदा उपचारका लागि आवश्यक २० लाख रुपैयाँ जुटाउन गाह्रो परेको र सबैको साथ पाएको तीनदिनमै २ लाख उठेको स्थानीय समाजसेवी पिताम्बर भुसालले जानकारी दिएका छन्। सुप्रीम रसाईलीका बुवा बावुराम वि.क. र आमा अन्जना वि.क.का एक मात्र छोरा हुन्। हाल…
अर्घाखाँची । अनेरास्ववियु अर्घाखाँची काे संयोजकमा बिक्रम नेपाली चयन भएका छन् । संगठनको केन्द्रीय कार्यालयले आधिकारिक सर्कुलरमार्फत् सन्धिखर्क नगरपालिका–२ कुर बेहोरेका युवा विद्यार्थीनेता बिक्रम नेपालीलाई संयोजकको जिम्मेवारी तोकेको हो । यसअघि जिल्लाको नेतृत्व सम्हाल्दै आएका विराज मुखिया हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि नेतृत्वको बागडोर नयाँ अनुहारलाई सुम्पिएको हो । बिक्रमले नेपाल राज्य संग कुरा गर्दै भने “नेतृत्व परिवर्तन मात्र होइन, गति र दृष्टिकोणको परिवर्तन हो,” “अबको अर्घाखाँची नेतृत्व विचार, संगठन र विद्यार्थीको हकअधिकारको लागि एक भएरर अझ बढी ऊर्जा र स्पष्ट रणनीतिसहित अघि बढ्नेछौं ।” संगठनको केन्द्रीय सचिवालय बैठकले उपसंयोजक पदमा रहेका नेपालीलाई एकमतले संयोजकको जिम्मेवारी दिने निर्णय…
अर्घाखाँची — मालारानी गाउँपालिका–५ बाँगी गोवदीकी युवापुस्ताकी ऊर्जाशील महिला उद्यमी बसन्ता खडकाले ‘आरबी एण्ड आर्या कलेक्शन’ नामक सुपर मार्केट संचालनमा ल्याएकी छन्। सन्धिखर्कका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले रिवन काटेर भव्य रुपमा उद्घाटन गरेका थिए । शुक्रबार आयोजित भव्य कार्यक्रममार्फत पसल उद्घाटन गर्दै बसन्ताले नेपालभर अनलाइन डेलिभरी सेवाको पनि सुरुवात भएको घोषणा गरिन्। पसलमा लेडिज र जेन्स फेन्सी कपडा, कुर्ता–सुरुवाल, ब्राण्डेड झोला, स्टाइलिस जुत्ता–चप्पलदेखि लिएर सौन्दर्य सामग्रीहरू सम्म उपलब्ध छन् — त्यो पनि थोक र फुटकर दुबै मूल्यमा, बजेटमै फिट हुने गरी।फेसनप्रेमीहरूका लागि यो स्टोर नम्बर वान हुने विस्वास गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालिका खडकाले भनिन्, “अब फेसनको लागि…
काठमाडौं — तीज नजिकै आउदै गर्दैगर्दा नेपाली लोकसंगीत क्षेत्र पुनः रमाइलो बनिरहेको छ। यसै अवसरमा लोकप्रिय गायिका बिन्दु बिहानीले नयाँ तीज गीत ‘पाउजुको तालैमा’ सार्वजनिक गरेकी छन्। यस गीतमा नेपाली चेलीको तीज पर्वको उत्साह, रमाइलो र संस्कृतिक भावनालाई मिठासका साथ प्रस्तुत गर्न खोजिएको छ । यसअघि ‘दिलैको प्यारे’, ‘सालको पात लसाके’, ‘ज्यान खाने माया’ जस्ता गीतहरूमार्फत दर्शकमाझ पहिचान बनाएकी बिन्दुले, यसपालिको तीज विशेष गीतमा शब्द, संगीत र गायन तीनवटै भूमिकामा आफैंले प्रस्तुत गर्दै बहुपक्षीय प्रतिभा देखाएकी छन्। गायिका बिन्दुलाई तेजु मगरले स्वरमा साथ दिएका छन्। गीत ‘पाउजुको तालैमा’ बिन्दु बिहानीको अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो। लोकलयमा आधारित गीतमा…
अर्घाखाँची । आज साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाइदै छ । २०७७ सालदेखि नेपालमा हरेक वर्ष साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस (national finger millet day ) को रूपमा मनाउने गरिन्छ।यस हिसाबले अहिले यो २०८२ साल साउन १६ गतेआजको दिनमा मनाइने दिवस छैठौं राष्ट्रिय कोदो दिवस हो । यस छैठौं राष्ट्रिय कोदो दिवसको नारा `कोदो जन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार´रहेको छ। कृषि तथा पशुपंक्षी मन्त्रालय र खाद्य प्रविधि विभागको प्रस्तावमा नेपाल सरकारले यो दिवस मनाउने निर्णय गरेको हो । यो सरकारको सकारात्मक पक्ष हो ।यो दिवसले कोदो अन्नको महत्त्व , संरक्षण र प्रवर्धनको सन्देश दिन्छ…
अर्घाखाँची – अर्घाखाँचीमा पटकपटक नेकपा एमालेका नेता टोपबहादुर रायमाझीकै चर्चा चलेको पाइएको छ । रायमाझी नहुँदा संसदमा जिल्लाको आवाज नपुगेको स्थानीयको गुनासो छ। नक्कली शरणार्थी प्रकरणमा सांसद टोपबहादुर रायमाझी थुनामा परेपछि अर्घाखाँची दुई वर्षदेखि संघीय सांसदविहीन बनेको छ। संसद्मा आवाज बन्द, योजनामा बजेट बन्द, र राजनीति नेतृत्वविहीन अर्घाखाँची जिल्ला ठप्पजस्तै देखिन्छ। बिहीबार पनि सामाजिक संजालभरी रायमाझीकै चर्चा चलेको हो । रायमाझीको अनुपस्थितिमा अर्घा विमानस्थल, नौमुरे जलविद्युत्, सालझण्डी–ढोरपाटन सडकलगायतका बहुप्रतिक्षित संघीय योजना बजेट अभावले थन्किएका छन्। नेताविहीनता र संरक्षणको अभावमा रायमाझीसँग एमाले गएका कार्यकर्ताहरू रास्वपातिर जाने तयारी गरेको पाइएको छ। २०६४ यता हरेक चुनाव जित्दै आएका रायमाझी जेलमा रहँदा अर्घाखाँची न…
अर्घाखाँची । अर्घाखाँची जिल्लामा बाँदर र बँदेल नियन्त्रणका लागि नाङ्गो तारबाट करेन्ट प्रवाह नगर्न जिल्ला प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक विज्ञप्ति जारी गर्दै बाँदर नियन्त्रणका लागि भइरहेको प्रयास र यससँग जोडिएका केही चिन्ताजनक र खतरनाक अभ्यासबारे जानकारी गराएको हो । मकै लगायतका बालीनालीमा बाँदर तथा बँदेलले पारेको क्षति न्यूनीकरण गर्न डिभिजन वन कार्यालयमार्फत जिल्लाका विभिन्न वडाहरूमा २० जना बाँदर हेरालु खटाइएको छ। साथै स्थानीय तहहरू र सम्बन्धित निकायलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न अनुरोध गरिएको छ। यसैबीच विज्ञप्ति जारी गर्दै बाँदर नियन्त्रणका नाममा जिल्लाका केही स्थानहरूमा किसानहरूद्वारा अनाधिकृतरूपमा नाङ्गो विद्युत तारमार्फत करेन्ट प्रवाह गर्ने…
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडाका पिताम्बर भुसालले मकैबारी बाँदरबाट जोगाउन सीसी क्यामेराको प्रयोग गर्न थालेका छन्। बारीमा जडान गरिएका क्यामेराले बाँदर आउँदा मोबाइल र कम्प्युटरमा संकेत दिन्छ। त्यसपछि उनी दौडिएर बाँदर लखेट्छन्। ५० बोट आँप फलेको बारीमा यसपालि ५० क्विन्टल आँप बेचेर लाखौं कमाइ गरेका छन्। मकै, सिमी, फर्सी, काँक्रो आदि खेतीसमेत गरेका भुसाल अब प्रविधिको भरमा आँपखेती विस्तार गर्ने योजना बनाइरहेका छन्। भुसाल भन्छन्, “मान्छे उभ्याएर सम्भव छैन, अब नयाँ प्रविधिकै भर पर्नुपर्छ।” “बारीभित्र अब तीनवटा क्यामेराले सुरक्षा दिन्छन्। निकट भविष्यमै ड्रोनमार्फत सिँचाइ र कीटनाशक छर्ने योजना पनि बनाएको छु ।” अहिले एउटा बिघा बारीमा उनले तीन वटा…
काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडी चिसापानी जाँदै गरेका एक आपसमा ठोक्किएका छन्। दुर्घटना भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार गाडीबीच मंगलवार दिउँसो करिब १ बजे कैलालीमा भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जानकारी दिएको छ। प्रहरीका अनुसार मन्त्री सार्की सवार से.१ झ ३३० नम्बरको गाडी र मन्त्री पाल सवार बा.२ झ १४१९ नम्बरको गाडी आपसमा ठोक्किँदा दुवै गाडीमा सामान्य क्षति पुगेको छ। गाडीमा सवार सबैको अवस्था सामान्य रहेको र गम्भीर चोटपटक नभएको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
