अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–५ बाँगीका २ वर्षीय सुप्रीम रसाईलीको जीवनरक्षाका लागि हङकङबाट आर्थिक सहयोग जुटेको छ ।
सुप्रिम रसाइलीको उपचार तथा बचाउका लागि हङकङमा कार्यरत अर्घाखाँची मालारानी–५ बाँगी बझेरी उपल्ला डाँडा हाल शिवराज नगरपालिका–५ चनौटाका विकाश भुसाल र आकाश भुसालको अग्रसरतामा एकमुष्ट रु ७४ हजार आर्थिक सहयोग संकलन गरिएको ससमाजसेवी पिताम्बर भुसालले जानकारी दिएका छन्।
सहयोग अभियानमा विकास आकाशभुसाल सँगै भानुभक्त पन्त तथा पन्त परिवार, अमिर कुमार क्षेत्री, कौशल कंडेल, प्रविन गुरुङ, राजापति गुरुङ, राम भण्डारी, गमन घले, अरुण गुरुङ, साईमन गुरुङ, सागर पोखरेल, अन्तिमा गुरुङ, अजु राई, मनोज थापा, हरि गुरुङ, विशाल श्रेष्ठ र निशान गुरुङ लगायत नेपालीहरुले उल्लेखनीय साथ दिएका हुन् ।
सुप्रीम रसाईलीका बुवा बावुराम वि.कले उनीहरूको मानवता र सहकार्यले ठूलो राहत मिलेको बताए । सहयोग गर्ने सहयोगमा जुट्ने सबै लाई विशेष धन्यवाद समेत दिएका छन् ।