काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडी चिसापानी जाँदै गरेका एक आपसमा ठोक्किएका छन्।
दुर्घटना भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार गाडीबीच मंगलवार दिउँसो करिब १ बजे कैलालीमा भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जानकारी दिएको छ।
प्रहरीका अनुसार मन्त्री सार्की सवार से.१ झ ३३० नम्बरको गाडी र मन्त्री पाल सवार बा.२ झ १४१९ नम्बरको गाडी आपसमा ठोक्किँदा दुवै गाडीमा सामान्य क्षति पुगेको छ। गाडीमा सवार सबैको अवस्था सामान्य रहेको र गम्भीर चोटपटक नभएको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।