अर्घाखाँची। हाँस्ने खेल्ने उमेरमा बाँगीका सुप्रीम रसाईलीले जीवन-मरणको दोबाटोमै अस्पतालको बेडमा बाँच्न संघर्ष गरिरहेका जन्मजात मुटुरोगले पीडित अर्घाखाँचीको मालारानी गाउँपालिका–५ बाँगीका २ वर्षीय सुप्रीम रसाईलीको जीवनरक्षाका लागि आर्थिक सहयोग तीनदिनमै दुई लाख उठेको छ ।
सार्वजनिक रुपमै आर्थिक सहयोगको अपिल गरिए संगै समाज सेवि पिताम्बर भुसाल, पत्रकार नवीन रसाइली लगायतका व्यक्तिले सुप्रीम रसाईली बचाउ अभियान चलाएका थिए । पारिवारिक अवस्था कमजोर हुँदा उपचारका लागि आवश्यक २० लाख रुपैयाँ जुटाउन गाह्रो परेको र सबैको साथ पाएको तीनदिनमै २ लाख उठेको स्थानीय समाजसेवी पिताम्बर भुसालले जानकारी दिएका छन्।
सुप्रीम रसाईलीका बुवा बावुराम वि.क. र आमा अन्जना वि.क.का एक मात्र छोरा हुन्। हाल काठमाडौँको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उनको उपचार चलिरहेको छ। चिकित्सकहरूका अनुसार सुप्रीमलाई छिट्टै दोस्रो चरणको खर्चिलो मुटु शल्यक्रिया गर्नुपर्ने अवस्था आएको छ।
समाजसेवी भुसालले भने,”घरको आर्थिक अवस्था सामान्य भएकाले उपचार खर्च जुटाउन असम्भवजस्तै भएको छ । तपाई हाम्रो सहयोगले केही आश पलाएको छ । ,” “बच्चाको जीवन बचाउन सबैले थप सकेको सहयोग गरिदिनुहुन्छ भन्ने अपिल गर्छु।”
सुप्रीम रसाईलीका बुवा बावुराम वि.क भन्छन् ” ६ लाख उठ्यो अब १४ लाख जति जुटाउन सके हुन्थ्यो । सहयोग गर्ने सबैलाई विशेष धन्यवाद ।”
यसअघि पहिलो चरणको उपचारमै परिवारले ठूलो ऋण गर्नुपरेको थियो। अब आउने शल्यक्रिया र औषधि उपचारका लागि अनुमानित २० लाख रुपैयाँ आवश्यक रहेको र सो रकम जुटाउन वडा कार्यालयको सिफारिससहित सार्वजनिक रुपमा सहयोगको अनुरोध गरिएको थियो ।