अर्घाखाँची । अनेरास्ववियु अर्घाखाँची काे संयोजकमा बिक्रम नेपाली चयन भएका छन् ।
संगठनको केन्द्रीय कार्यालयले आधिकारिक सर्कुलरमार्फत् सन्धिखर्क नगरपालिका–२ कुर बेहोरेका युवा विद्यार्थीनेता बिक्रम नेपालीलाई संयोजकको जिम्मेवारी तोकेको हो ।
यसअघि जिल्लाको नेतृत्व सम्हाल्दै आएका विराज मुखिया हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि नेतृत्वको बागडोर नयाँ अनुहारलाई सुम्पिएको हो ।
बिक्रमले नेपाल राज्य संग कुरा गर्दै भने “नेतृत्व परिवर्तन मात्र होइन, गति र दृष्टिकोणको परिवर्तन हो,” “अबको अर्घाखाँची नेतृत्व विचार, संगठन र विद्यार्थीको हकअधिकारको लागि एक भएरर अझ बढी ऊर्जा र स्पष्ट रणनीतिसहित अघि बढ्नेछौं ।”
संगठनको केन्द्रीय सचिवालय बैठकले उपसंयोजक पदमा रहेका नेपालीलाई एकमतले संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो । नेपाली विद्यार्थी आन्दोलनमा सक्रिय, निडर र सांगठानिक दृष्टिले सक्षम युवा नेताका रूपमा चिनिन्छन् ।
त्यस्तै, अबका दिनहरूमा अर्घाखाँची अनेरास्ववियुको नेतृत्व टिम सशक्त हुने देखिन्छ । पूर्व संयोजक विराज मुखियालाई संगठनले जिल्लाको ‘इन्चार्ज’ जिम्मेवारी दिएको छ भने सह–संयोजकमा सन्तोष भट्टराई, प्रशान्त खनाल र विपिन पन्थी चयन गरिएका छन् ।
विभिन्न विद्यार्थी संगठनको तर्फबाट जारी सन्देशमा नयाँ टिमलाई सफल कार्यकालको शुभकामना दिइएको छ ।