पाल्प। टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बिहीबार बिहान पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ स्थित भित्री सडक खण्डमा लु २ ख २००१ नम्बरको टिपर दुर्घटना भएको हो।
सिद्देश्वरबाट सन्देवातर्फ जाँदै गरेको टिपर सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका टिपर चालक रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी बस्ने ४८ वर्षीय खिमबहादुर सोमईको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगेको थियो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

