अर्घाखाँची — मालारानी गाउँपालिका–५ बाँगी गोवदीकी युवापुस्ताकी ऊर्जाशील महिला उद्यमी बसन्ता खडकाले ‘आरबी एण्ड आर्या कलेक्शन’ नामक सुपर मार्केट संचालनमा ल्याएकी छन्।

सन्धिखर्कका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले रिवन काटेर भव्य रुपमा उद्घाटन गरेका थिए । शुक्रबार आयोजित भव्य कार्यक्रममार्फत पसल उद्घाटन गर्दै बसन्ताले नेपालभर अनलाइन डेलिभरी सेवाको पनि सुरुवात भएको घोषणा गरिन्।
पसलमा लेडिज र जेन्स फेन्सी कपडा, कुर्ता–सुरुवाल, ब्राण्डेड झोला, स्टाइलिस जुत्ता–चप्पलदेखि लिएर सौन्दर्य सामग्रीहरू सम्म उपलब्ध छन् — त्यो पनि थोक र फुटकर दुबै मूल्यमा, बजेटमै फिट हुने गरी।फेसनप्रेमीहरूका लागि यो स्टोर नम्बर वान हुने विस्वास गरिएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालिका खडकाले भनिन्, “अब फेसनको लागि बुटवल काठमाडौं जानुपर्दैन, गुणस्तरको सामान घरमै पाइन्छ, घरमै मगाउन सकिन्छ! हामी ग्राहकको सन्तुष्टिमा कहिल्यै सम्झौता गर्दैनौं।”
सन्धिखर्क संचालनमा आएको जुन “आरबी एण्ड आर्या कलेक्शन”लाई अन्यभन्दा फरक बनाउन खोजिएको छ ।
नेपालभर अनलाइन अर्डर र होम डेलिभरी सेवा, ट्रेन्डमा रहेका लेटेस्ट फेसन आइटमहरूको बृहत् कलेक्सन, ब्राण्डेड श्रृंगार सामग्रीहरू,थोक र फुटकर दुबैमा सुपथ मूल्य,विद्यार्थीदेखि गृहिणी र युवा पुस्तासम्म सबैका लागि रोजाइको स्थान बन्ने विस्वास गरिएको छ ।

📞 सम्पर्कका लागि:
📱 9748748626 | 9846065734

