Author: नेपाल राज्य

लक्ष्मी खनाल , अर्घाखाँची । श्री जनज्योति माध्यमिक विद्यालय, सन्धिखर्कको आयोजनामा आज आइतबार विज्ञान विषय प्रवर्द्धन कार्यक्रम अन्तर्गत माध्यमिक तह स्तरीय विज्ञान सामग्री प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाका विभिन्न २३ विद्यालयहरूको सक्रिय सहभागिता रहेको थियो। प्रदर्शनीको मूल्याङ्कनपछि श्री जीवनोद्धार मा.वि. वाङ्लाले प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै, श्री ज्ञानप्रकाश मा.वि. सल्लिकोटले द्वितीय, आयोजक विद्यालय श्री जनज्योति मा.वि. सन्धिखर्कले तृतीय स्थान प्राप्त गरेका छन्। श्री युवावर्ष रविचित्र मा.वि. हटारीनेटाले सान्त्वना स्थान प्राप्त गर्दै विशेष प्रशंसा बटुल्न सफल भएको छ। यस कार्यक्रमले विद्यार्थीहरूमा वैज्ञानिक चेतना अभिवृद्धि गर्नुका साथै नविनतम् सोच तथा सिर्जनशीलतालाई प्रोत्साहन दिएको छ ।

Read More

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकामा एक व्यक्तिले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्। घटनामा संलग्न आरोपमा प्रहरीले मृतकका श्रीमानलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार जगरनाथपुर गाउँपालिका–४ का २३ वर्षीय सफिराजा मियाँले आफ्नी २१ वर्षीया श्रीमती लालबिबी खातुनको हत्या गरेका हुन्। घटना शनिबार मध्यरात करिब पौने १ बजे मृतककै सुत्ने कोठामा भएको प्रहरीले जनाएको छ। खातुनको शंकास्पद मृत्यु भएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगन्ज पठाइएको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा मृतकका श्रीमान् सफिराजालाई…

Read More

विष्णुकुमार आले , अर्घाखाँची । अर्घाखाँची पश्चिम नेपालको लुम्बिनीमा अवस्थित मालारानी मन्दिर पर्यटकीय सम्भावना बोकेको धार्मिक स्थल हो। समुन्द्री सतहदेखि २ हजार ८५ मिटरको उचाइँमा रहेको यो मन्दिर अर्घाखाँची जिल्लाको महत्वपूर्ण धार्मिक सम्पदा पनि मानिन्छ। वि.सं. १८६२ मा स्थापित यो मन्दिर सदरमुकाम सन्धिखर्कदेखि २३ किलोमिटर टाढा मालारानी गाउँपालिकामा पर्दछ। तर मालारानी मन्दिरमा आन्तरिक तथा बाहृय पर्यटक भित्राउने उदेश्यले सदरमुकाम सन्धिखर्कबाट १४ किलोमिटर छोटो बाटो मालारानी पुग्न सकिने गरि नयाँ मोटरबाटो निर्माण भैरहेको छ । मालारानी ३ र ६ वडाको सीमाक्षेत्रमा अवस्थित मालारानी मन्दिरमा भगवानको पूजाआजा र दर्शन गर्दा मानवीय मनोकांक्षा पूरा हुने विश्वासका साथ श्रदालुहरुले बोका, राँगा, कुभिण्डो आदिको बलीसमेत…

Read More

हरि आचार्य, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका स्थापना भई छोटो समयमा सयौं विद्यार्थीको रोजाई बन्न सफल ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ ले खेलकुद क्षेत्रमा पनि योगदान दिन थालेको छ । अध्यापन तथा रोजगारीका लागि कोरीया र जापान जानका लागि कोरीयन र जापनिज भाषा अध्यापन गराईरहेको उक्त संस्थाले युवा क्लवलाई खेलकुद सामग्री प्रदान गरि उदाहरणिय कार्य गरेको छ । बाणगंगा १ उत्तमनगरमा रहेको उत्तमनगर फुटबल क्लवलाई फुटबल, भलिबल, नेट साथै विभिन्न खेल सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ । खेल सामग्री प्राप्त गर्दै युवाहरुले ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ ले भषा अध्यापन मात्र नभई खेलकुद क्षेत्रमा पनि चासो दिएको भन्दै धन्यवाद ज्ञापन गरेका…

Read More

काठमाडौं । नेकपा एमालेकी सांसद बिजुला रायमाझीले विकास निर्माणका काममा समानुपातिक सांसदहरूलाई विभेद गरिएको गुनासो गर्दै महिला सांसदहरूको सहभागिता र पहुँचमा बाधा पुगेको बताएकी छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद रायमाझीले महिला, बालबालिका तथा सामाजिक क्षेत्रमा विनियोजित बजेट पर्याप्त नभएको भन्दै त्यसमा वृद्धि गर्न सरकारलाई आग्रह गरिन् । “महिलाका सवालमा बजेट पर्याप्त छैन, सुधारको खाँचो छ,” उनले भनिन् । उनले बजेटको तयारीमा समानुपातिक सांसदहरूको सुझावलाई बेवास्ता गरिएको भन्दै अहिलेको संरचनामा विभेद कायमै रहेको टिप्पणी गरिन् । रायमाझी लगाएतका सांसदले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकको भत्ता ७० वर्ष पुर्‍याउने प्रस्तावप्रति पनि आपत्ति जनाउँदै यो प्रावधानलाई यथास्थितिमा राख्न माग…

Read More

अर्घाखाँची । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा अर्घाखाँचीका नेता चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ ले हालका नयाँ युवापुस्ताले नेपालको १० वर्षीय सशस्त्र जनयुद्धको इतिहास नबुझेको धारणा व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै अहिलेका धेरै युवाहरूका लागि प्रचण्ड, शेरबहादुर र केपी शर्मा ओली एउटै हुन् भन्ने बुझाइ रहेको छ, जुन ऐतिहासिक दृष्टिकोणले त्रुटिपूर्ण छ। “युवाहरूले हिजोको त्याग, बलिदान र परिवर्तनका आन्दोलनहरूको मूल्य नबुझ्दा नयाँ अनुहारप्रति मात्र आकर्षण देखिएको छ,” उज्ज्वल भन्छन्, “त्यसैले रवि, हर्क, बालेनजस्ता पात्रहरूले चुनाव जित्न सफल भएका छन्।” उनको तर्क छ-इतिहासको ज्ञान बिना वर्तमानको सही मूल्याङ्कन हुन सक्दैन। “हामीले आफूले सुरु गरेको आन्दोलनलाई सम्झनुपर्छ, र नयाँ पुस्तालाई त्यो चेतना…

Read More

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नै कमजोरीका कारण लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् । उनले आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद नचलेकोमा चिन्ता व्यक्त गरे । उनले सत्ता र शक्तिमा भएकाहरूको इशारामा संसदलाई गोटी बनाइदा इज्जत गुम्दै गएको बताए । केसीले वर्तमान शिक्षा प्रणालीले मुलुक नबन्ने भन्दै चिन्ता व्यक्त गरे । सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दै जानु राष्ट्रका लागि दुर्दशा भएको पनि उनले बताए ।सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दा राष्ट्रियतामाथि नै प्रश्न उठ्न थालेको औंल्याए ।

Read More

अर्घाखाँची, असार ८ । ठकुरी समाज अर्घाखाँचीको चौथो साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशन शनिबार सन्धिखर्कमा एक भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै ठकुरी समाज महासंघ नेपालका केन्द्रीय सहकोषाध्यक्ष सुनिता सेन ठकुरीले नेपालको इतिहास, भाषा, संस्कृति तथा विविध पक्षको संरक्षण र सम्वर्द्धनमा ठकुरी समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइन्। उक्त कार्यक्रममा ठकुरी समाज महासंघका पूर्व महासचिव राम मल्ल ठकुरी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रवि शाह ठकुरी, सुन्दर सिंह ठकुरी, लक्ष्मी शाही, लाल बहादुर शाह ठकुरी, साथै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेमनारायण आचार्य लगायतले शुभकामना मन्तव्य राखेका…

Read More

कैलाली ।  कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रवार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको आफ्नै देवरले हत्या गरेको खुलेको छ। विगतदेखिको सामान्य विवाद र सुनका गहनाका कारण आफूले भाउजूको हत्या गरेको पक्राउ परेका नवीन नाथले प्रहरीलाई बयान दिएका छन्। ‘भाउजू सुतेका बेला सिरानीले मुख च्यापेर हत्या गरे, उहाँले कानमा लगाएको गहना निकाले र शव बाहिर लगेर नालीमा फालिदिए’ प्रहरीसमक्ष उनले बयान दिएका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रणबहादुर चन्दले पनि सहोदर देवरले तुलसी नाथको हत्या गरेको अनुसन्धानबाट खुलेको जानकारी दिएका छन्। ‘शवको पोस्टमार्टम हुन बाकी छ । तर, घटनाको प्रकृति र पक्राउ परेका युवकको…

Read More

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको आरोप सन्दर्भमा नेपाली कांग्रेस र नेकपा एमालेले उनीलाई “बलिको बोको” बनाएको आरोप लगाएका छन्। रास्वपा अर्घाखाँचीले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रममा बोल्दै सभापति भुसालले राजनीतिक प्रतिस्पर्धीहरूले रवि लामिछानेको लोकप्रियता र निरन्तरको सक्रियतालाई रोक्न नियोजित रुपमा षड्यन्त्र गरिरहेको दाबी गरे। उनले भने, “ सत्ताधारी एमाले र काङ्ग्रेसले आफ्न बचाउन , रविजीलाई बलिको बोको बनाउने प्रयास भइरहेको छ।” रास्वपा जिल्ला सभापति भुसालले तीन वर्षको छोटो अवधिमा रास्वपाले जनसमर्थन हासिल गर्दै राजनीतिक रूपमा बलियो उपस्थिति जनाउन सफल भएको बताउदै सुशासनको पक्षमा र वेथितिको विरुद्धमा…

Read More