Author: नेपाल राज्य

रुपन्देही – रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको छ। साउन १९ गते लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दर्ता गरेका थिए। उनले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा आफ्नो भागको ठगी रकम बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत समेत पेश गरेका थिए। तर, सोमबार न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त माग अस्वीकार गर्दै थुनामै पठाउने निर्णय सुनायो। यसअघि, गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसलाई सर्वोच्च अदालतले पनि सदर गरिसकेको छ। चैत २२ गते काठमाडौँबाट पक्राउ…

Read More

अर्घाखाँची – नेकपा (मसाल) निकट अखिल (छैठौं) अर्घाखाँचीका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य प्रकाश चुदालीले पद र पार्टी दुवैबाट एकैसाथ राजीनामा दिएका छन्। उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अखिल (छैठौं) को जिम्मेवारी र राष्ट्रिय जनमोर्चाको सदस्यता तत्काल प्रभावबाट त्यागेको घोषणा गरेका हुन्। विगत दुई वर्षदेखि संगठनको केन्द्रीय सदस्य र जिल्ला अध्यक्षको हैसियतमा सक्रिय रहेका चुदालीले विद्यार्थी अधिकार, संगठन सुदृढीकरण र नीतिगत लक्ष्य प्राप्तिमा निरन्तर योगदान गरेको स्मरण गर्दै पछिल्ला राजनीतिक परिस्थितिले आफूलाई नयाँ बाटोतर्फ मोड्न बाध्य बनाएको बताएका छन्। उनको विज्ञप्ति अनुसार मुलुकमा उदाएका नयाँ राजनीतिक शक्तिप्रति राज्यले देखाएको प्रतिशोध र दमन, पुराना दलहरूको आचरण र शैलीले तल्लो…

Read More

अर्घाखाँची — नेपाल राहत शिक्षक अर्घाखाँचीको आयोजनामा केन्द्रिय समितिले घोषणा गरेको विरोध कार्यक्रम जिल्लाका विभिन्न स्थानीय तहमा सम्पन्न गरिएको छ। पेसागत सुनिश्चिततासम्बन्धी माग र शिक्षा विधेयकमा राहत शिक्षकका अधिकार सुनिश्चित हुनुपर्ने विषयमा विरोध कार्यक्रम गरिएको हो। कार्यक्रममा सम्बद्ध स्थानीय सरकारका जनप्रतिनिधि, कार्यालय प्रमुख, राष्ट्रसेवक, सञ्चारकर्मी तथा जिल्लाभरिका शिक्षक-शिक्षिकाको उपस्थिति थियो। कार्यक्रममा आमन्त्रित प्रमुख अतिथिमा UANTO केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष मानबहादुर पाण्डे, नेपाल शिक्षक महासङ्घ अर्घाखाँचीका अध्यक्ष नवबहादुर भाट, जिल्लास्थित विभिन्न संघ–संगठनका प्रतिनिधि तथा राहत शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष खिमबहादुर कुँवरलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक बलबहादुर रायमाझीले गरेका थिए। वक्ताहरूले हाल संसद्मा छलफलमा रहेको शिक्षा विधेयकमा राहत शिक्षकका…

Read More

अर्घाखाँची — अर्घाखाँची जिल्ला, छत्रदेव गाउँपालिका–१, चिदीका खन्नेबास पाँडेटोल निवासी ७४ वर्षीय मुक्तिराम आचार्यले आज जीवनमा पहिलो पटक नेपाली नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । छत्रदेव गाउँपालिका–१ का वडाध्यक्ष काजिबाबु ज्ञावाली, वडासदस्य हरिप्रसाद पाण्डे र कार्यपालिका सदस्य देवकला बिक ताम्राकारको विशेष पहलमा जिल्ला प्रशासन कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा आचार्यलाई नागरिकता र परिचयपत्र हस्तान्तरण गरिएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईराला, उपप्रमुख लक्ष्मी शर्मा ज्ञावाली र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललगायतका अधिकारीहरूको उपस्थिति थियो। लामो समयदेखि नागरिकता विहीन रहेका आचार्यले आफ्नो नजिकको नाता प्रमाणी गर्ने कोहि नभएकोले अहिलेसम्म नागरिकता पाउन सकेका थिएन ।आजको दिनलाई…

Read More

अर्घाखाँची – एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले आगामी राजनीतिक प्रतिस्पर्धामा जनताको प्रत्यक्ष पहुँचमा पुगेर समर्थन जुटाउने आफ्नो स्पष्ट अठोट व्यक्त गरेका छन्। पत्रकार संग भेटघाट गर्दै जनतानै शक्तिशाली भएकोले अबको यात्रामा गाउँ–गाउँ, घर–घर पुगेर साक्षात् भगवान् समान जनताको हात थाम्ने प्रतिबद्धता व्यक्त गरे। चौहानले भने, “जनताले दिनुभएको विश्वास र माया नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो। अबको प्रतिस्पर्धा चकचकी भाषण वा कागजी योजनामा मात्र सीमित हुने छैन, म आफैं जनताको घर–आँगनमा पुगेर उनीहरूको सुख–दुःख सुन्नेछु।” उनले पुनः थपे “पद सर्वोच्च होईन ,राजनीति पद वा शक्ति प्राप्तिको मात्र साधन होइन, यो त जनताको सेवा गर्ने अवसर हो। त्यो अवसरको सदुपयोग…

Read More

अर्घाखाँची — लामो समयदेखि विभिन्न सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदै आएका समाजसेवि राजु खड्काले अब राजनीतिको बाटो समातेर जनसेवामा योगदान पुर्याउने घोषणा गरेका छन्। समाजसेवीको छवि बनाएर करिब २१ वर्षसम्म दुबईमा श्रम, संघर्ष र अनुभव बटुलेर स्वदेश फर्किएका खड्का जिल्लामा हाल व्यवसायसँगै अब राजनीतिमा समेत सक्रिय हुने दृढसंकल्पका साथ अघि बढेका हुन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजना गरिएको नगर भेला भव्य र शिष्ट वातावरणमा सम्पन्न भयो। कार्यक्रमको सुरुवात बिहान टोल–टोलबाट आएका युवाहरूको उत्साहजनक सहभागितासहितको रंगीन मोटरसाइकल र्यालीले भयो, जसले सम्पूर्ण शहरलाई राजनीतिक उत्साहले भरिदियो। त्यो भिडमा खड्कामा उत्साह नयाँ उर्जा देखिन्थ्यो । भेलामा रास्वपा लुम्बिनी…

Read More

अर्घाखाँची  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सन्धिखर्क नगरसमितिको भेला सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ। भेलाबाट अध्यक्षमा राजु खड्का र सचिवमा सागर मरासिनी निर्वाचित भएका छन्। निर्वाचित पदाधिकारीमा सभापति राजु खड्का, उपसभापति प्रदीप बन्जाडे, सचिव सागर मरासिनी, कोषाध्यक्ष खुमबहादुर महत रहेका छन् भने सहसचिव पद खाली छ। सदस्यमा कमला खत्री, विमला भट्टराई, बसन्ता घर्ती,शोभा क्षत्री, राज भुसाल, कृष्णबहादुर बस्नेत, बिबश थापा, सरिता भुसाल र कृष्ण खत्री चयन भएका छन्। सल्लाहकारमा कृष्णहरि भुसाल र बाबुराम थापा भएका हुन् भने र्याट संयोजकको जिम्मेवारी शोभाखर मरासिनीले सम्हाल्ने भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले जानकारी दिएका हुन् । नगर भेलालाई…

Read More

अर्घाखाँची – सन्धिखर्कस्थित ओम पोलिक्लिनिकमा दैनिक रूपमा एम.डी. जनरल प्राक्टिस चिकित्सक डा. खगेन्द्र आचार्यद्वारा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ। यससँगै जिल्लाबासीलाई विभिन्न रोगहरूको उपचार र परामर्शका लागि बाहिर धाउनुपर्ने बाध्यता घट्ने भएको छ। पोलिक्लिनिकका अनुसार डा. आचार्यले मधुमेह (सुगर) परीक्षण तथा परामर्श, रक्तचाप (प्रेसर) नियन्त्रण सम्बन्धी सेवा, मुटु रोगसम्बन्धी जाँच, दम तथा स्वासप्रश्वाससम्बन्धी समस्या उपचार, भिडियो एक्स–रे, गर्भवती महिलाको स्वास्थ्य परीक्षण, हाडजोर्नी तथा नसारोग जाँच, सामान्य चिरफार तथा प्लास्टर सेवा लगायतका सुविधा प्रदान गर्नेछन्। साथै अन्य नियमित स्वास्थ्य परीक्षण तथा उपचार सेवा पनि निरन्तर उपलब्ध हुने पोलिक्लिनिकले जनाएको छ। मालारानी-५ बाँगीका डा. खगेन्द्र आचार्य विगतका वर्षहरूदेखि जिल्लाका विभिन्न…

Read More

अर्घाखाँची – गोखुङ्गा–सन्धिखर्क सम्पर्क समाज अर्घाखाँचीले साउन ३० गते “तीज मिलन कार्यक्रम” गर्ने भएको छ। समाजका अनुसार कार्यक्रम सन्धिखर्क नगरपालिका–२ भक्तिटोलस्थित मनकामना टेन्ट हाउसमा दिउँसो १ बजेपछि सुरु हुनेछ। समाजले मालारानी गाउँपालिका–९ गोखुङ्गाबाट हाल सन्धिखर्क नगरपालिकामा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने घरपरिवार, विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा गोखुङ्गाबाट विवाह भई सन्धिखर्कमा बसोबास गरिरहेका सम्पूर्ण चेलिबेटी (दिदीबहिनी) लाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। समाजले सूचना जारी गर्दै तीज मिलन कार्यक्रम पारिवारिक सद्भाव र आपसी आत्मीयता बढाउने अवसर हुने जनाएको हो ।

Read More

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा प्रदेशवासी र सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिएका छन्। शनिबार जारी सन्देशमा उनले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको देश भन्दै यस्ता पर्वहरूले आपसी समझदारी, सहिष्णुता र सामाजिक एकताको बलियो सन्देश दिने बताए। मुख्यमन्त्रीका अनुसार जनै पूर्णिमा केवल धार्मिक संस्कार मात्र नभई पारिवारिक सम्बन्धलाई मजबुत बनाउने, परस्पर स्नेह, सम्मान र संरक्षणको भाव फैलाउने अवसर हो। उनले यस्तो पर्वले पारिवारिक एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। संविधानले प्रत्याभूत गरेको सांस्कृतिक विविधताको सम्मान गर्दै यस्ता मौलिक चाडपर्वको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सबैको साझा भूमिका आवश्यक…

Read More