अर्घाखाँची – गोखुङ्गा–सन्धिखर्क सम्पर्क समाज अर्घाखाँचीले साउन ३० गते “तीज मिलन कार्यक्रम” गर्ने भएको छ।
समाजका अनुसार कार्यक्रम सन्धिखर्क नगरपालिका–२ भक्तिटोलस्थित मनकामना टेन्ट हाउसमा दिउँसो १ बजेपछि सुरु हुनेछ।
समाजले मालारानी गाउँपालिका–९ गोखुङ्गाबाट हाल सन्धिखर्क नगरपालिकामा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने घरपरिवार, विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा गोखुङ्गाबाट विवाह भई सन्धिखर्कमा बसोबास गरिरहेका सम्पूर्ण चेलिबेटी (दिदीबहिनी) लाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
समाजले सूचना जारी गर्दै तीज मिलन कार्यक्रम पारिवारिक सद्भाव र आपसी आत्मीयता बढाउने अवसर हुने जनाएको हो ।