अर्घाखाँची — नेपाल राहत शिक्षक अर्घाखाँचीको आयोजनामा केन्द्रिय समितिले घोषणा गरेको विरोध कार्यक्रम जिल्लाका विभिन्न स्थानीय तहमा सम्पन्न गरिएको छ। पेसागत सुनिश्चिततासम्बन्धी माग र शिक्षा विधेयकमा राहत शिक्षकका अधिकार सुनिश्चित हुनुपर्ने विषयमा विरोध कार्यक्रम गरिएको हो।
कार्यक्रममा सम्बद्ध स्थानीय सरकारका जनप्रतिनिधि, कार्यालय प्रमुख, राष्ट्रसेवक, सञ्चारकर्मी तथा जिल्लाभरिका शिक्षक-शिक्षिकाको उपस्थिति थियो। कार्यक्रममा आमन्त्रित प्रमुख अतिथिमा UANTO केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष मानबहादुर पाण्डे, नेपाल शिक्षक महासङ्घ अर्घाखाँचीका अध्यक्ष नवबहादुर भाट, जिल्लास्थित विभिन्न संघ–संगठनका प्रतिनिधि तथा राहत शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष खिमबहादुर कुँवरलगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन शिक्षक बलबहादुर रायमाझीले गरेका थिए। वक्ताहरूले हाल संसद्मा छलफलमा रहेको शिक्षा विधेयकमा राहत शिक्षकका मागलाई समेट्ने तरिका प्रति असन्तुष्टि जनाउँदै, पेशागत अधिकार र रोजगारीको स्थायित्व सुनिश्चित गर्न दबाब दिनुपर्नेमा जोड दिएका थिए।

