Author: नेपाल राज्य
प्युठान, असार ९। अखिल (छैठौं) प्युठानले युवालाई विदेश पलायनको विकल्पमा स्वदेशमै अवसर सिर्जना गर्न अभिप्रेरित गर्ने उद्देश्यसहित ‘देश कि विदेश’ शीर्षकको जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। प्युठान नगरपालिका–५ जुम्रिकाँडास्थित सिद्ध माध्यमिक विद्यालयमा आइतबार सम्पन्न कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष बसन्त राज गोराथोकीको नेतृत्वमा अभियान सञ्चालन गरिएको हो। जिल्ला समितिका सदस्य सागर सुनार तथा अखिल नेपाल युवक सङ्घ प्युठानका भिरेन्द्र विकको विशेष आतिथ्यता रहेको कार्यक्रममा स्थानीय युवाको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रमकै अवसरमा ७७ सदस्यीय एकाइ समिति गठन गरिएको छ। समितिको अध्यक्षमा प्रशान्त सुनार चयन भएका छन् भने सिर्जना विक उपाध्यक्ष, रामसरी बुढा सचिव, कमल न्यौपाने सहसचिव तथा निर्मला परियार कोषाध्यक्षमा चयन…
अर्घाखाँची, असार ९ । भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी नियन्त्रण र दोषीमाथि कडा कारवाहीको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। रास्वपा अर्घाखाँचीका जिल्ला सभापति हरि प्रसादको नेतृत्वमा गएको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाउँदै भिजिट भिसाको आडमा हुने मानव तस्करीका घटनाले देशको प्रतिष्ठा र नागरिकको भविष्य जोखिममा परेको भन्दै तत्काल गम्भीर कदम चाल्न आग्रह गरेको हो। ज्ञापनपत्रमा ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, केही सरकारी संयन्त्र र कूटनीतिक नियोगको संलग्नतामा युवाहरूलाई दुबई हुँदै तेस्रो मुलुकमा पठाउने गिरोह सक्रिय रहेको भन्दै यसबारे निष्पक्ष र उच्चस्तरीय छानबिन समिति गठनको माग गरिएको छ। रास्वपाले छानबिन…
हिम लेकाली ,असार ९ सन्धिखर्क । १५ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस सदरमुकाम सन्धिखर्कमा मनाईएकाे छ । ” समृद्ध तथा मर्यादित जीवनका लागि सशक्तीकरण “भन्ने मुल नाराका साथ आज याे दिवस ( 23 जुन 2025 ) नेपाल संगै बिश्वभर विभिन्न कार्यक्रम गरि मनाईएकाे छ । साेहि अवसरमा मानव अधिकारका लागि महिला ,एकल महिला समूह अर्घाखाँचीकाे आयाेजनामा सन्धिखर्क नगरपालिकाकाे सभाहलमा कार्यक्रम सम्पन्न भएकाे हाे । एकल महिला समूह संस्थापक अध्यक्ष खगिश्वरा बस्यालकाे अध्यक्षता सम्पन्न अन्तरकृया कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख जिवनारायण काेईरालाले एकल महिलाकाे मानव अधिकारकाे सम्मान र उनिहरूलाई सुरक्षा प्रदान गर्नु हामी सबैकाे दाइत्व भएकाे बताउनु…
कपिलवस्तु । कपिलवस्तु विजयनगर-३ मा घरको छानो खस्दा ६० वर्षीय दुर्गा प्रसाद काफ्लेको मृत्यु भएको छ । अविरल वर्षाका कारण छाप्रो भत्किएर सुतिरहेका काफ्लेमाथि खसेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल पठाइएको छ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले सरकारले ल्याएको बजेट किसानको विपक्षमा रहेको आरोप लगाएका छन्। राष्ट्रिय सभामा बोल्दै उनले उखु किसानको अनुदान बन्द गरेर व्यापारीलाई लाभ हुने गरी भन्सार शुल्क घटाइएको बताए। भुसालका अनुसार सरकारले उखु किसानलाई दिइँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान बन्द गरेर गुँड, सक्खर र चिनीको भन्सार शुल्क ३० प्रतिशतबाट घटाएर ५० प्रतिशत मात्र राखेको छ। उनले माघ महिनादेखि दूध उत्पादक किसानले भुक्तानी नपाएको र सरकारले किसानको पक्षमा कुनै पहल नगरेको गुनासो गरे। भुसालले किसानलाई डस्ने र व्यापारीलाई पोस्ने नीति सरकारले लिएको आरोपसमेत लगाए।
अर्घाखाँची । अर्घाखाँची जिल्लामा सवारी चालक तथा सहचालकहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै “ट्राफिक सचेतना” कार्यक्रम अन्तर्गत विशेष आँखा तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरिएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालिकाको सहयोगमा सोमवार नरपानीमा उक्त शिविर सञ्चालन गरिएको हो। सन्धिखर्क–गोरुसिंगे सडकखण्डमा चल्ने सवारी चालकहरूलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। शिविरमा झण्डै १५० जना चालक तथा सहचालकहरूले आँखा चेकजाँच र स्वास्थ्य परीक्षण गराएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरज गौतमका अनुसार स्वास्थ्यकर्मीहरूको टोलीले आँखा, रक्तचाप लगायतका सामान्य स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणको क्रममा ७ जना चालकमा आँखा सम्बन्धी…
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ ओडारामा घरको प्लास्टर गर्ने क्रममा खसेर गम्भीर घाइते भएका एक जनाको निधन भएको छ । स्थानीय ४२ वर्षीय बाबुराम बिकको उपचारका क्रममा ज्यान गएको हो । उनी स्थानीय राम बहादुर नेपालीको घरमा प्लास्टर गर्ने क्रममा धुरीबाट खसेर गम्भीर घाइते भएका थिए । घटनापछि उनलाई तत्कालै अर्घाखाँची अस्पताल ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर मल्लले जानकारी दिएका छन् ।
काठमाडौं । काठमाडौँबाट भिठ्ठामोड जाँदै गरेको यात्रुबाहक बस आज बिहान रौतहटको चन्द्रपुरमा दुर्घटना हुँदा १० जना घाइते भएका छन्। चन्द्रपुर नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा बा.प्र.०१–००६ ख. ५२१६ नम्बरको गंगोत्री ट्राभल्सको बस आफै अनियन्त्रित भई सडकबाट दक्षिणतर्फ पल्टिएको हो। दुर्घटनामा भारत विहार, दरभंगा, धनुषा, जनकपुर लगायतका यात्रुहरू घाइते भएका छन्। घाइतेहरूको चन्द्रपुरस्थित अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। २५ यात्रु सवार बसमा १० जना घाइते र बाँकी सकुशल रहेको छ। बस चालक भने फरार छन् र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बुटवल । नवलपुरको विनयी त्रिवेणीमा बाढीका कारण वैकल्पिक मार्गसमेत बन्द भएको छ। विनयी खोलामा डाइभर्सन बगेसँगै दुम्किबास–सर्दी–होङ्सी सिमेन्ट गेटमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। खरङ्गे खोलामा पानीको बहाव बढ्दा कुनै पनि सवारी आवतजावत हुन नसक्ने अवस्था रहेको छ। साना तथा मध्यम सवारी साधनलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग दैलेखको मिथेन ग्याँस र नवलपरासीको धौवादी फलाम खानी उत्खननबारे ब्रिफिङ लिएका छन्। चीनको सहयोगमा ११२.१ अर्ब घनमिटर मिथेन ग्याँसको भण्डार पत्ता लागेको जनाइएको छ। ओलीले एक वर्षभित्र परीक्षण उत्पादन थाल्न निर्देशन दिए। धौवादीमा ९९ मिलियन टन फलामको भण्डार रहेको र २०८५ भित्र स्टिल उत्पादन थालिने जानकारी दिइएको छ। सरकारले आवश्यक स्रोत र सहजीकरण गर्ने बताइएको छ। छलफलमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, दैलेखका सांसद्हरुलगायत सहभागी थिए।
