Author: नेपाल राज्य
अर्घाखाँची- अर्घाखाँचीका घनश्याम भट्टराई सात वर्षदेखि बेपत्ता भएका छन् । अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–६ ठुलापोखराका घनश्याम भट्टराई २०७५ साल भदौ ५ गते भारतको दिल्ली जान्छु भनी घरबाट निस्किएका थिए। त्यस दिनको बिहानसम्म सबै कुरा सामान्य थियो। तर, त्यो दिनको यात्रा जीवनकै अन्तिम भेटजस्तो बन्न पुग्यो। दिल्ली पुगे कि बीचमै के भयो, आजसम्म अज्ञात छ। सात वर्ष नजिकिँदै गर्दा पनि घनश्यामको कुनै खबर छैन। परिवारले सुरुवाती दिनदेखिनै खोजी र जानकारीका लागि आफन्त साथीभाइ र सम्बन्धित निकायसँग सम्पर्क राख्दै आएको छ। तर न भारततर्फबाट न नेपालमै कतैबाट पनि कुनै प्रमाण वा ठोस सूचना आएको छैन। परिवारले खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको…
एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा रुपन्देहीकी पूर्व उपप्रमुख उमा काफ्ले एमालेमा प्रवेश
दाङ – नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य उमा काफ्ले नेकपा (एमाले) मा प्रवेश गरेकी छन्। दाङको लमहीमा सुरु भएको एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकमा, पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले उनलाई पार्टीमा स्वागत गरेकी हुन्। सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख समेत रहेकी काफ्ले रुपन्देहीकी सक्रिय महिला नेतृको रूपमा परिचित छिन्। कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायतको उपस्थितिमा प्रवेश कार्यक्रम सम्पन्न भएको हो। बैठकमा अध्यक्षता प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले गरेका छन् भने प्रमुख आतिथ्य पद्मा अर्याल रहेकी छन्। बैठकमा मनोनीत सदस्यको शपथ, अन्तरपार्टी निर्देशन १२ को अध्ययन, सचिवालयका निर्णय अनुमोदन, वार्षिक कार्ययोजना…
अर्घाखाँची -अर्घाखाँची सदरमुकाम स्थापना सुरु भएको समयदेखि चुत्राबेशीमा फेन्सी व्यवसायसँगै नेपाली लोककला र संस्कृतिको उज्यालो बोकेर हिँड्ने अग्रज कलाकार, लोकदोहोरी गायक तथा काँग्रेसका प्रतिबद्ध नेता जुल्करिम मियाँ (जुनकीरी)को निधन भएको छ। ६७ वर्षको उमेरमा उपचारको क्रममा साउन २७ गते बुटवलमा उनले अन्तिम सास फेरेका हुन्। मुस्लिम समुदायमा लोकदोहोरी गाउने कलाकार दुर्लभ हुने समयमै उनले आफ्नो स्वर र गीतमार्फत स्व. काशिनाथ गौतम, स्व. ढुण्डिराज शास्त्री, रेवती प्रसाद भुसाल, डा. रामबहादुर बीसीलगायतका चुनावी अभियानमा पनि योगदान पुर्याएको समाजसेवि सहयोगी बिसीले जानकारी दिएका छन् । उनी नेपाल प्रेस युनियनका जिल्ला सह-सचिव हलिम खानका पिता हुन् । उनको निधनले अर्घाखाँचीको सांगीतिक र राजनीतिक दुवै…
नरेन्द्रबहादुर थापा ( २७ साउन ,२०८२) काठमाडौं – हाम्रो देश नेपालमा गणतन्त्र आएको १७ वर्ष बितिसकेको छ। नेपाली जनताले सुख , शान्तिको सास फेर्न अहिलेसम्म पनि पाएका छैनन्। गणतान्त्रिक संविधान बनेको पनि १० वर्ष भइसक्यो। यस संविधान अन्तर्गतका ऐन,नियमहरू बन्न सकेका छैनन्। छलफलमा रहेका विधेयकहरूमा सरोकारवालाहरुस्सँग सहमति जुट्न सक्दैन । संसदबाट पारित भएका निजामती विधेयक जस्ता विधेयक पनि छलछाम र षड्यन्त्रमूलक ढंगले पारित भएका छन् । यद्यपि यसै बिषयमा रामहरि खतिवडाले आजै पदबाट राजीनामा दिएका छन् । विद्यालय शिक्षा विधेयक जस्तो संवेदनशील विधेयक पनि अहिलेसम्म सरोकारहरूसँग सहमति जुट्न सकेको छैन। यद्यपि सबै सरोकारवालाहरूसँग सहमति जुटेको भन्दै संसदीय समितिबाट विद्यालय शिक्षा…
अर्घाखाँची- अर्घाखाँचीमा भैंसीलाई निर्ममता पूर्वक यातना दिई ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ परेका छन् । मंगलबार राति करिब १:५५ बजे सन्धिखर्क नगरपालिका–२ घोचेखोला क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीले धारापानीतर्फबाट सन्धिखर्क आउँदै गरेको लु १ च ३८२६ नम्बरको सिङ्गल क्याप बोलेरो गाडी रोकी चेकजाँच गर्दा, गाडीको पछाडिको ढालामा ४ वटा सी जातका भैंसीहरू साँघुरो ठाउँमा अटाई नअटाई क्रूर व्यवहारका साथ बुटवलतर्फ लैजाने तयारीमा रहेको फेला परेको हो। साँघुरो ठाउँ र यातनाका कारण गाडीमा ठोकिएर भैंसीहरू घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–६ का २३ वर्षीय सरोज पौडेल र रोल्पा लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय क्रिस बानिया…
अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टीले भूमिकास्थान नगरपालिका–८ मा वडास्तरीय भेला सम्पन्न गर्दै नयाँ कार्य समिति गठन गरेको छ। जिल्ला सभापति हरिप्रसाद भुसालको विशेष उपस्थिती र ज्येष्ठ सदस्य उमलाल भुसालको अध्यक्षतामा सम्पन्न भेलाले विजय गैरेलाई सर्वसम्मत रूपमा वडा सभापति चयन गरेको हो। नवगठित समितिमा उपाध्यक्ष अचुक गैरे, सचिव सरीता गैरे, कोषाध्यक्ष ऋषव गैरे र सदस्यमा रिता गैरे, सुनिल गैरे तथा नुमकला भुसाल रहेका छन्। सल्लाहकारमा उमलाल भुसाल, नेत्र प्रसाद गैरे, यम बहादुर गैरे, मनोज गैरे र राजन गैरे चयन भएका छन्। भेलामा जिल्ला सभापति हरि प्रसाद भुसालले सुशासनयुक्त नेपाल निर्माणको लक्ष्यसहित रास्वपाको जन्म भएको उल्लेख गर्दै, कुनै दबाब वा प्रभावमा नपरी…
अर्घाखाँचीका दलहरूको ज्ञापनपत्र द्वारा चेतावनी: खानेपानी कार्यालय सार्ने निर्णय खारेज नगरे आन्दोलन
अर्घाखाँची – अर्घाखाँची जिल्लामा सक्रिय आठवटा प्रमुख राजनीतिक दलहरूले अर्घाखाँचीस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई रुपन्देही स्थानान्तरण गर्ने तयारीको कडा विरोध गरेका छन्। मंगलबार दलका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उक्त कार्यालय सार्ने निर्णय तत्काल रोक्न माग गरेका हुन्। ज्ञापनपत्रमा हस्ताक्षर गर्ने नेताहरूमा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण प्रसाद खनाल, नेकपा एमालेका उपाध्यक्ष शम्भु प्रसाद पोख्रेल, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ठाकुर कुमार बी.के., राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरि प्रसाद भुसाल, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन बहादुर के.सी., जनता समाजवादी पार्टीका जिल्ला इन्चार्ज नेत्र बहादुर…
अर्घाखाँची -नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पुनःस्थापना गर्न अर्घाखाँचीबासीलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्। इलाम, म्याग्दी र जुम्लाले निरन्तर संघर्ष र मागका कारण कार्यालय पूर्ववत् रूपमा आर्थिक अधिकारसहित कायम गराउन सफल भएको उदाहरण दिँदै चौहानले भने, “इलाम, म्याग्दी र जुम्लाले गर्न सके अर्घाखाँचीले किन नसक्ने?” अध्यक्ष चौहानले यसअघि पनि सामाजिक सञ्जाल, इमेल र विभिन्न माध्यममार्फत प्रधानमन्त्री, संघीय खानेपानी मन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको बताएका छन् । “एक्लै संसद घेराबन्दी गर्ने तहमा पुग्न सकेनौं, तर अब सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, नागरिक समाज,…
सन्धिखर्कमा राष्ट्रिय युवा संघको सरसफाइ, डेंगी नियन्त्रणको सन्देशसहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो
अर्घाखाँची -राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सन्धिखर्क टुडीखेल मा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । ” दिगो विकास र सुनौलो भविष्यको सार ,स्थानीय युवाको सहभागिता समृद्धिका आधार” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा डेंगी रोग रोकथाम र नियन्त्रणका सन्देश प्रवाह गरिएको थियो। डेंगी नियन्त्रणका लागि नियमित सरसफाइ अत्यावश्यक भएकाले यो कार्यक्रम सञ्चालन गरिएको संघका जिल्ला अध्यक्ष ऋषिराम पन्थीले जानकारी दिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्रकुमार क्षेत्री, जनार्दन खनाल, जिल्ला अध्यक्ष पिताम्बर भुसालसहित प्रदेश, जिल्ला राष्ट्रिय युवा संघका युवाहरू , पत्रकार शोभाखर पन्थी र पत्रकार बिरेन्द्र केसी लगाएतको उपस्थिति रहेको थियो। सन् २००० देखि…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले पार्टी सभापति रवि लामिछानेमाथि लागेको मुद्दा कानूनी भन्दा बढी राजनीतिक भएको दाबी गरेका छन्। भुसालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा उनले भनेका छन्, “रविको मुद्दा अदालती भन्दा राजनीतिक बढी हो, कानूनी भन्दा प्रतिशोधी बढी हो।” उनले थपे “रवीलाई जति दुःख दिन्छस्, जनता त्यति नै जाग्नेछन्।” उनका अनुसार यो प्रकरण न्यायालयको सामान्य कानूनी प्रक्रियाभन्दा सत्ता र शक्तिसँग प्रत्यक्ष रूपमा जोडिएको छ। उनले लामिछानेलाई बोल्न नदिने प्रयास भइरहेको आरोप लगाउँदै भने, “रवीलाई बोल्न दिए हाम्रो जग चकनाचुर हुन्छ भन्ने बुझेकाहरुले भित्रै गलाउन अनेक प्रयास गरेका छन्।” राजनीतिक समीकरण परिवर्तन गर्ने वा…
