अर्घाखाँची -राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सन्धिखर्क टुडीखेल मा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
” दिगो विकास र सुनौलो भविष्यको सार ,स्थानीय युवाको सहभागिता समृद्धिका आधार” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा डेंगी रोग रोकथाम र नियन्त्रणका सन्देश प्रवाह गरिएको थियो।
डेंगी नियन्त्रणका लागि नियमित सरसफाइ अत्यावश्यक भएकाले यो कार्यक्रम सञ्चालन गरिएको संघका जिल्ला अध्यक्ष ऋषिराम पन्थीले जानकारी दिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्रकुमार क्षेत्री, जनार्दन खनाल, जिल्ला अध्यक्ष पिताम्बर भुसालसहित प्रदेश, जिल्ला राष्ट्रिय युवा संघका युवाहरू , पत्रकार शोभाखर पन्थी र पत्रकार बिरेन्द्र केसी लगाएतको उपस्थिति रहेको थियो।
सन् २००० देखि हरेक वर्ष मनाइँदै आएको अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जिल्लाभर विभिन्न कार्यक्रम हुँदै छन्।