अर्घाखाँची ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँची छत्रदेव गाउँपालिकाको प्रथम पालिका भेला सनिवार सम्पन्न भएको छ । भव्य र ऐतिहासिक रूपमा सम्पन्न भेलाले शंकरप्रसाद भुसाल लाई सभापति चयन गरेको हो ।
जसको नयाँ कार्यसमितिमा उपसभापति दिनानाथ पौडेल, सचिव उमेश पाण्डे,कोषाध्यक्ष विष्णु सुनार,सहसचिव: (पदपुर्ति पछि गरिने भनिएको छ । ) सदस्यहरू: महेन्द्र सेन, भरत कुमार पोखरेल, आनन थापा, तारा पौडेल, र जेमग्दनी भुसाल रहेका छन् ।
भेलामा स्थानीय स्तरमा रास्वपाको सांगठनिक संरचना बलियो बनाउने, मिसन ८४ लगाएत विविध विषयमा छलफल भएको थियो। कार्यक्रममा सहभागी सबैको सक्रियता नित्य र उत्साहले भेलालाई थप सानदार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले जानकारी दिएका हुन् ।