काठमाडौं।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दीपेश पुन सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्।
शुक्रबार उनी काठमाडौंको टोखाबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
उनी सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत हुन्।