अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टीले भूमिकास्थान नगरपालिका–८ मा वडास्तरीय भेला सम्पन्न गर्दै नयाँ कार्य समिति गठन गरेको छ।
जिल्ला सभापति हरिप्रसाद भुसालको विशेष उपस्थिती र ज्येष्ठ सदस्य उमलाल भुसालको अध्यक्षतामा सम्पन्न भेलाले विजय गैरेलाई सर्वसम्मत रूपमा वडा सभापति चयन गरेको हो।
नवगठित समितिमा उपाध्यक्ष अचुक गैरे, सचिव सरीता गैरे, कोषाध्यक्ष ऋषव गैरे र सदस्यमा रिता गैरे, सुनिल गैरे तथा नुमकला भुसाल रहेका छन्। सल्लाहकारमा उमलाल भुसाल, नेत्र प्रसाद गैरे, यम बहादुर गैरे, मनोज गैरे र राजन गैरे चयन भएका छन्।
भेलामा जिल्ला सभापति हरि प्रसाद भुसालले सुशासनयुक्त नेपाल निर्माणको लक्ष्यसहित रास्वपाको जन्म भएको उल्लेख गर्दै, कुनै दबाब वा प्रभावमा नपरी संगठन सुदृढ बनाउन आग्रह गरे।
अचुक गैरेको सञ्चालनमा सम्पन्न भेलामा नगर सचिव भूमिका खत्री, नगर सदस्य अनिता भुसाललगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम उत्साह सहित सप्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले जानकारी गराएको हो ।

