Author: नेपाल राज्य

गुल्मी । गुल्मीमा यस वर्षको एसईई परीक्षामा जम्मा ३ जनाले मात्र फोर जिपिए (४.०० GPA) ल्याउन सफल भएका छन्। ऊनी तीनै जना विद्यार्थी भण्डारी थरका हुन्। फोर जिपिए ल्याउने विद्यार्थीहरू मध्ये सत्यवती गाउँपालिका–५ को सत्यवती मावि हसराका अर्जुन भण्डारी र सिर्जित भण्डारी छन् भने चन्द्रकोट गाउँपालिका–४, शान्तिपुरस्थित उदय माविका निशान भण्डारी हुन्। यस पटक जिल्लामा नियमित तहमा ३५११ जना परीक्षार्थीमध्ये २४०५ जना अर्थात् ६९ प्रतिशत उत्तीर्ण भएका छन्। प्राविधिक धारतर्फ ३३२ जना सहभागीमध्ये १८० जना अर्थात् ५४ प्रतिशत उत्तीर्ण भएका छन्।

Read More

अर्घाखाँची,असार १४ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा अर्घाखाँची जिल्ला देखि दुई विद्यालयले प्रशंसनीय सफलता हात पारेको छ। सन्धिखर्क–२ स्थित श्री सन्धिखर्क ग्रीन इङ्ग्लिश बोर्डिङ स्कुल र सन्धिखर्क–१ स्थित श्री युवावर्ष जनता रविचित्र माध्यमिक विद्यालयले पूर्ण ग्रेड प्राप्त गर्दै जिल्लामा सर्वोत्कृष्ट नतिजा ल्याएका छन्। सन्धिखर्क ग्रीन इङ्गलिस बोर्डिङ स्कुलले जिल्लामै निजी विद्यालयतर्फ सर्वोत्कृष्ट नतिजा ल्याएको छ । ४२ जना विद्यार्थी सहभागी भएकोमा सबैजना उत्तीर्ण भएका छन भने बिक्रम सारु मगरले ४ जिपिए प्राप्त गर्दै जिल्ला र विद्यालयको गौरव बढाएको विद्यालयका सहायक प्रिन्सिपल नारायण प्रसाद भुसालले जानकारी दिए । यसैगरी सामुदायिक विद्यालयतर्फ युवावर्ष जनता…

Read More

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरिएको छ। सार्वजनिक नतिजाअनुसार कुल ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष ३.६ देखि ४.० जीपीए ल्याउने विशिष्ट श्रेणीका विद्यार्थीको संख्या ४८ हजार १७७ जना पुगेका छन्। गत चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा देशभरिबाट करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए। बोर्डका अनुसार यस वर्षको नतिजामा समग्र ग्रेडिङ प्रतिशत अघिल्ला वर्षहरुकै हाराहारीमा रहेको छ। एसईई नतिजा शिक्षा मन्त्रालयको आधिकारिक वेबसाइट, विभिन्न एसएमएस तथा मोबाइल एपमार्फत पनि हेर्न सकिने व्यवस्था मिलाइएको छ। बोर्डले विद्यार्थीहरुलाई नतिजाको आधारमा भविष्यको अध्ययन योजना बनाउन आग्रह…

Read More

अर्घाखाँची । रिटर्नी फेडेरेसन नेपाल जिल्ला कमिटी अर्घाखाँचीले हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणको सन्देश फैलाउने तथा मदन भण्डारीको ७४ औं जन्म जयन्तिको अवसरमा भोलि वृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ। असार १४ गते शनिबार बिहान ११ बजे सन्धिखर्क नगरपालिका–१० स्थित निर्माणाधीन एयरपोर्ट आसपासको ग्रिन पार्क क्षेत्रलाई हराभरा बनाउने लक्ष्यसहित वृक्षारोपण गरिने जिल्ला अध्यक्ष मित्रमणि मिश्रले जानकारी दिए। यस अभियानमा फेडेरेसनका सम्पूर्ण सदस्य, स्थानीयवासी तथा सरोकारवालाको उपस्थिति रहनेछ।जननेता भण्डारीको योगदान र स्मृतिलाई जीवन्त राख्न यस प्रकारको कार्यक्रम राखिएको हो। सहभागी भई वातावरण संरक्षणमा योगदान पुराउन जिल्ला सचिव विष्णु भुसालले सबैमा आग्रह गरेका छन्। “रिटर्कीको ज्ञान, सीप, पूँजी र जाँगर-समृद्ध नेपाल निर्माणको…

Read More

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट नजिकैको होटलबाट सशस्त्र प्रहरीले ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिरहा नगरपालिका–८ का ४० वर्षीय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ का ४२ वर्षीय सामन यादव रहेका छन्। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको सूचनामा आधारित अपरेशनमा उनीहरूलाई दर्शन नमस्ते ईन होटलबाट लागुऔषध र तौल जोख्ने तराजु, मोबाइल, पासपोर्ट र १२ हजार १ सय ७५ रुपैयाँसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कालिदास धौबजीले जानकारी दिए। पक्राउ परेकाहरूले धनुषाका विभिन्न स्थानबाट ब्राउनसुगर काठमाडौं ल्याई बिक्री गर्दै आएको खुल्न आएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको…

Read More

अर्घाखाँची, असार १३ । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी अर्घाखाँचीले जिल्लामा कृषकले भोगिरहेको समस्या समाधानको माग गर्दै ज्ञापनपत्र बुझाएको छ। आज शुक्रबार जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईराला र सहायक प्रमुख जिल्ला अधिकारीलाई किसानको समस्याबारे ध्यानाकर्षण गराउँदै मागपत्र बुझाइएको हो। रासायनिक मलको चरम अभाव, बादर–बँदेलको आतङ्क, मनसुनजन्य विपत्ति र जिल्लामा देखिएका विविध समस्या समाधानका लागि तत्काल पहल गर्न माग गरिएको छ। नेकपा (एकीकृत समाजवादी) जिल्ला अध्यक्ष रामबहादुर चौहानले आइपर्ने विपत्ति र किसानको समस्याबारे जिल्लाका ६ वटै पालिका ध्यानाकर्षण गराएको बताए । ज्ञापनपत्र बुझाउने क्रममा नेकपा समाजवादीका उपाध्यक्ष युवराज पौडेल, सचिव हृदयकुमार भुसाललगायत नेताहरूको उपस्थिति थियो। उनीहरूले किसानको पीडा गम्भीर…

Read More

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सन्धिखर्क र यसका सहायक संगठन वाइसिएल नेपाल अर्घाखाँचीको संयुक्त आयोजनामा ‘किसानसँग माओवादी’ भन्ने नाराका साथ रूब्दिफाँटमा विशेष धान रोपाइँ कार्यक्रम हुने भएको छ। २२ औं राष्ट्रिय धान दिवस तथा असार १५ को अवसर पारेर यही असार १५ गते रूब्दिफाँटमा हुने उक्त कार्यक्रममा वाइसिएल नेपाल अर्घाखाँचीले सबै नेता, कार्यकर्ता, शुभचिन्तक तथा शुभेच्छुकहरूलाई उपस्थित भइ कार्यक्रम सफल पार्न आह्वान गरेको छ। वाइसिएल नेपाल अर्घाखाँचीका अनुसार पार्टी, संगठन, किसान र उत्पादनसँग जोडिने अभियानअन्तर्गत उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिइएको हो। “अबको मूल एजेन्डा उत्पादनमै केन्द्रित हुनेछ, आत्मनिर्भर अर्थतन्त्र निर्माण हाम्रो लक्ष्य हो,” वाइसिएलले जनाएको छ। उक्त कार्यक्रममार्फत माओवादी…

Read More

काठमाडौं । जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चले हाफ म्याराथन कार्यक्रम आयोजना गर्ने भएको छ । मञ्चका सचिव गिरिश पन्थीका अनुसार हाफ म्याराथन कार्यक्रम भोलि शनिबार बिहान ६ः३० बजे त्रिपुरेश्वर रंगशाला परिसरबाट सुरु भई तिनकुनेसम्म पुग्नेछ । दौड कार्यक्रम करिब साढे ८ बजेभित्र सम्पन्न हुने जानकारी पन्थीले दिएका छन् । जननेता भण्डारीको योगदान र स्मृतिलाई जीवन्त राख्न यस प्रकारको शारीरिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिएको मञ्चले जनाएको छ । कार्यक्रममा सर्वसाधारण, खेलाडी, विद्यार्थी तथा शुभेच्छुकहरूको उपस्थितिका लागि सम्पर्क मञ्चले आग्रह गरेको छ ।

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । शुक्रबार कलंकीमा आयोजित कार्यक्रममा नेताहरुको उपस्थितिमा ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन गरिएको हो । रास्वपाले काठमाडौंका १४ स्थानमा यस्तो डेस्क सञ्चालन गर्दै जनताको समर्थन संकलन थालेको जनाएको छ । ५० हजार भन्दा अधिक हस्ताक्षर भएको बताएको हो।

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई गैरनाफामूलक बनाउनुपर्ने आवश्यकता औंल्याएकी छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले नेपालको संविधानले नै स्वास्थ्य र शिक्षा क्षेत्रलाई नाफा कमाउने माध्यम बनाउन नपाइने स्पष्ट उल्लेख गरेको बताइन् । तर व्यवहारमा निजी क्षेत्रको लगानीबाट सञ्चालित विद्यालय तथा स्वास्थ्य संस्थाहरु नाफा कमाउने माध्यम बन्न गएको भन्दै उनले आपत्ति जनाइन् । श्रेष्ठले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत बैठकमा राखिन् । उनले भनिन्, “नेपाल राज्यभित्र सञ्चालित निजी लगानीका विद्यालयहरु क्रमशः गैरनाफामूलक र लोककल्याणकारी सेवामूलक विद्यालयको…

Read More