Author: नेपाल राज्य

अर्घाखाँची -सिंहदरवार जलेको खबर सुनेपछि रातभर निद्रा नपरेका शितगंगा नगरपालिका-२ सितापुरका तुल्सीराम अधिकारीले आफ्नो पसिनाको कमाइ राष्ट्रलाई अर्पण गरेका छन्। “म बनाउँछु, मेरो सिंहदरबार” भन्ने अठोटसहित उनले कृषि पेशाबाट कमाएको १ लाख १ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेका हुन्। अधिकारीले भने “म कुनै भाइरल हुन खोजेको होइन। यो मेरो मनको शान्ति र देशलाई बनाउनको अभियान हो। सबैलाई आफ्नै ठाउँबाट साथ बढाउन अनुरोध गर्छु।” उनले बुझाएको रकमको भौचर ग्रहण गर्दै अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले भने “जेन-जी आन्दोलनले मुलुकका प्रमुख संरचना ध्वस्त भएका छन्। अब पुनर्निर्माण सबैको साझा जिम्मेवारी हो। प्रत्येक नागरिक आ-आफ्नो ठाउँबाट जुट्नुपर्छ।…

Read More

अर्घाखाँची – लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यकी पत्नी दीपा आचार्यले मेहनत ले बनाएको घर प्रति मनको वेदना पोखेकी छन् । दीपा आचार्यले भनेकी छन् “यो घर हाम्रो पसिना र मेहेनतले बनेको हो। २८ वर्ष जागिर गरेर, लगानी गरेर बनाएको घर आज खरानी भएको छ।” दीपा आचार्यले वर्णन गरिन् कि सो घर उनी र उनका परिवारले बैंक र सहकारीबाट लिएको ऋण तिरेर बनाएको हो। “हाम्रा छोराछोरीलाई पनि त्याग र सादगी सिकाएका छौं। मुख्यमन्त्री पद रहुन्जेल नयाँ साडी किन्दिनँ भनेर मैले प्रण गरेको छु,” उनले भनिन्। उनले आगो लागेर घरको पुरा विनाश हेरेपछि भित्रको भाव खुलाउँदै भनेकी छिन् – निद्रा हराएको, मन भरभराइरहेको,…

Read More

काठमाडौं – एमालेनिकट अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले २३ भदौमा जेन–जी आन्दोलनकारीमाथि सरकारले गोली चलाएको विरोधस्वरूप २४ भदौमै पदबाट राजीनामा घोषणा गरेका थिए। तर पछि उनले ज्यानकै खतरा आइलागेका कारण राजीनामा दिएको भन्दै त्यसलाई फिर्ता लिएको दाबी गरे। राजीनामा स्वीकृत नहुँदा शनिबार कडरिया अखिलको कार्यालय प्रवेश गर्न खोजे। तर कार्यकर्ताले उनलाई रोके मात्र होइन, उनको नेमप्लेट निकालेर जलाए। कार्यकक्षमा टाँसिएको कडरियाको फोटो पनि हटाइयो।

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका ठूला दलका शीर्ष नेताले अब राजनीतिबाट अवकाश लिनुपर्ने धारणा राखेका छन्। शनिबार भिडियो सन्देशमार्फत उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै अब नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताए। शर्माले पदकालमा सीमा तोक्नुपर्ने प्रस्ताव गर्दै भने, “राष्ट्रपति एक पटकभन्दा बढी, प्रधानमन्त्री दुई पटकभन्दा बढी, मन्त्री तीन पटकभन्दा बढी र सांसद चार पटकभन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्छ।” उनले लामो समयदेखि चुनाव र सरकार गठनको प्रक्रियाले नयाँ अनुहार ल्याउन नसकेको भन्दै तीनै नेताको वरिपरि राजनीति घुमिरहेकाले जनतामा असन्तुष्टि बढेको टिप्पणी गरे। “मैले पार्टीभित्र पनि कुरा उठाएको…

Read More

काठमाडौं – शुक्रबार दिनभर चलेको तीव्र राजनीतिक परामर्शपछि प्रतिनिधिसभा विघटन गर्ने र त्यसपछि अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति बनेको छ। स्रोतका अनुसार, राति ९ बजे शपथ ग्रहण कार्यक्रम शीतलनिवासमै राखिएको छ। आन्दोलनरत जेनजेड पुस्ताको दबाब र कार्कीको स्पष्ट अडानका कारण राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ बाटो खोल्ने निर्णय गरेका हुन्। उनले संसद् विघटन गरेर अन्तरिम सरकार गठनतर्फ अघि बढ्ने तयारी मिलाएका छन्। यसअघि शुक्रबार बिहानदेखि नै राष्ट्रपति पौडेलले दलका शीर्ष नेताहरू, प्रधानसेनापति र जेनजेड प्रतिनिधिहरूसँग छलफल गरेका थिए। त्यसै क्रममा अन्तरिम सरकार प्रमुखको रूपमा प्रस्तावित कार्कीसँग पनि विशेष कुराकानी भएको बताइन्छ।

Read More

शोभाखर पन्थी, अर्घाखाँची- जन्मदिनको अबसर पारेर सन्धिखर्कका एक युवाले आफूले पढेको विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ नगद प्रदान गरेका छन् । सन्धिखर्क नगर पालिका वडा नं.-१ सियाले ,अर्घाखाँची निवासी प्रकाश पाण्डेले आफूले पढेको भगवती माध्यमिक विद्यालय कुर,शंखेटारीलाई आफ्ना वुवा आमा मार्फत १ लाख ५० हजार रुपैयाँको चेक प्रदान गर्नुभएको हो । हाल अध्ययनको क्रममा संयुक्त राज्य अमेरिकामा रहनु भएका इन्जिनीयर पाण्डेले भगवती माध्यमिक विद्यालय कुर,शंखेटारीमा कक्षा – ६ देखि १० सम्मको अध्ययन पुरा गर्नुभएको थियो । गुल्मी जिल्लाको धुर्कोट गाउँ पालिका वडा नं.-५ बस्तुमा २०४३ सालमा जन्मनु भएका उहाँ भगवती माध्यमिक विद्यालय बाट २०५८ सालमा एस.एल.सी.उत्तीर्ण हुनुभएको थियो ।…

Read More

काठमाडौं  – बाराको सिमरामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष सम्मानका साथ स्वागत गरिएको छ। वीरगञ्जतर्फ जाँदै गर्दा सिमरा विमानस्थलमा अवतरण गर्ने क्रममा उनलाई ५१ किलो तौलको विशाल माला लगाएर स्वागत गरिएको हो। भण्डारीलाई स्वागत गर्न नेकपा (एमाले) का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य अरविन्द सिंह, प्रदेश सचिव मनोज पौडेल, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, नगर कमिटी अध्यक्ष त्रिलोक विक्रम शाहसहित स्थानीय नेता कार्यकर्ता उपस्थित थिए। विमानस्थल बाहिर लामबद्ध भएर प्रतीक्षा गरिरहेका कार्यकर्ता र स्थानीयसँग पूर्वराष्ट्रपति भण्डारीले हात मिलाउँदै अभिवादनसमेत गरेकी थिइन्।

Read More

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज प्रतितोला सुनको मूल्य रु १२ सय ले बढेर रु २ लाख ६ सय पुगेको हो। यस्तै, चाँदीमा भने सानो मात्र वृद्धि भएको छ। प्रतितोला रु ५ ले बढ्दै चाँदी रु २ हजार ३ सय ६० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ। यसअघि बिहीबार सुन प्रतितोला रु १ लाख ९९ हजार ४ सय मा र चाँदी रु २३ सय ५५ मा कारोबार भएको थियो।

Read More

अर्घाखाँची – शान्ति माध्यमिक विद्यालय बाँगीले भाद्र ११ र १२ गते दुई दिन स्थानीय विदा दिने भएको छ । विद्यालयले सोमबार एक सूचना जारी गर्दै हरितालिका तीजको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै सो दिन विदा रहने जानकारी गराएको हो । यसअघि भाद्र १० गते मंगलबार तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । विद्यालयका अनुसार प्रदेश सरकारको विदासँगै थप दुई दिन स्थानीय विदा तय गरिएको हो । यस अवधिभर विद्यालयमा पठनपाठन कार्य नहुने र भाद्र १३ गते शुक्रबारदेखि पुनः नियमित कक्षा सञ्चालन हुने सूचना मार्फत विद्यालयका प्रअ मानबहादुर पाण्डेले जानकारी दिएका हुन् । सूचना :

Read More

अर्घाखाँची – सरकारले अनिवार्य रूपमा लागू गर्न लागेको इम्बोस्ड नम्बर प्लेट प्रणाली विरुद्ध अर्घाखाँचीका युवाहरू सडकमा उत्रिएर विरोध गरेका छन् । सोमबार जिल्ला सदरमुकाम सन्धिखर्क नगरपालिका–२, भक्तिटोला चोकमा युवाहरूले “इम्बोस्ड नम्बर चाहिँदैन ! नागरिक लुट्न पाइँदैन ! इम्बोस प्रणाली खारेज गर ! नेपाली भाषा मेट्न पाइँदैन !” भन्ने जस्ता नारा लेखिएका प्लेकार्डसहित विरोध जुलुस निकालेका थिए। जुलुसपछि कोणसभामा रूपान्तरण भएको कार्यक्रममा सहभागीहरूले सरकारले हतार–हतारमा अनिवार्य गरेको निर्णयले आम नागरिकलाई समस्या पर्ने बताएका थिए। उनीहरूको भनाइ अनुसार सरकार आफैंले वितरण गर्न नसकेको सेवा र अपूर्ण पूर्वाधारका कारण नागरिकले पटक–पटक सास्ती खेपिरहेका बेला फेरि नयाँ योजना लागू गर्दा जनतामा निराशा बढेको बताए…

Read More