काठमाडौं ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–९ साब्लामा खेतमा आली लगाउँदै गरेका ३५ वर्षीय बलबहादुर ठटालको मृत्यु भएको छ।
फेदाप गाउँपालिका जलजले घर भई हाल साब्लामा बस्दै आएका ठटाल आइतवार दिउँसो खेतमै मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार समूहमा काम भइरहेको बेला अरु खाजा खान गएका बेला उनी खेतमै रहेर काम गरिरहेका थिए। त्यही क्रममा उनी लडेका थिए।
उनको शव आलीमा सिरानी लगाएर पल्टिएको अवस्थामा भेटिएको थियो। ठटालको शव पोस्टमार्टमका लागि तेह्रथुम अस्पतालमा राखिएको छ।