Author: नेपाल राज्य

अर्घाखाँची -असार १५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२ औं राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा सम्पूर्ण कृषक, विज्ञ र कृषि क्षेत्रमा योगदान दिने सबैप्रति शुभकामना व्यक्त गरेका छन्। आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रूपमा २०६१ सालदेखि मनाउन थालिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यस दिवसले कृषिको महत्व जनमानसमा थप गहिरो बनाएको बताए। ‘धान वालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने राष्ट्रिय नारासहित मनाइँदै गरिएको यस वर्षको धान दिवस हालको परिप्रेक्ष्यमा निकै सान्दर्भिक र प्रेरणादायी रहेको उनको भनाइ छ। उनले नेपालको संविधानले नागरिकलाई सुनिश्चित गरेको खाद्य अधिकार प्राप्त गर्न सुदृढ नीति, व्यवहारिक कार्यक्रम र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको औंल्याए। उन्नत…

Read More

मालारानी गाउँपालिकाको अनुरोध – जन्म, मृत्यु, बसाइसराई र सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत       घटना ३५ दिनभित्रै स्थायी बसाइ गरिरहेको वडा कार्यालयमा गई दर्ता गरौं – सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुले प्रत्येक आर्थिक वर्षको श्रावण महिना देखि भदौं मसान्तभित्र वडा कार्यालयमा गई अनिवार्य रुपमा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरौं – लैंगिक विभेद सामाजिक असमानता, लैंगिक हिंसा, बालविवाह र बहुविवाह तथा जातीय छुवाछुत जस्ता कु–प्रथाका अन्त्य गरौं – कुनैपनि व्यावसाय दर्ता गरेर मात्रै सञ्चालन गरौं – आधुनिक कृषि प्रणाली अपनाई व्यवसायीक तथा उत्पादनशील कृषक बनौं – स्थानीय स्वास्थ्य संस्थाबाट प्राप्त हुने अधिकारत स्वास्थ्य सेवाको उपयोग गरौं – सबै बालवालिकाहरुलाई विद्यालय पठाऔं,…

Read More

अर्घाखाँची । कडा परिश्रम, आत्मविश्वास र परिवारको निरन्तर समर्थनले जब मिलेर एकसाथ उकालो चढ्छ, तब सपनाले पनि गगन छुन्छ। यही उदाहरण बनेकी छन् अर्घाखाँचीकी होनहार छात्रा पुर्णिमा खनाल। युवा वर्ष जनता रविचित्र माध्यमिक विद्यालय, सन्धिखर्क–१ हटारीनेटा बाट एसईई २०८१ को नतिजामा उनले ३.९६ जिपिए ल्याएर जिल्लाभरका सामुदायिक विद्यालयतर्फ छात्रा समूहमै प्रथम बन्न सफल भएको दाबी गरेकी हुन। यो सफलता उनको मात्र होइन, उनका परिवार, विद्यालय र सम्पूर्ण जिल्लाका लागि गौरवको विषय बनेको छ। भविष्यमा साइन्स विषय लिएर अझै अगाडि बढ्ने अठोट लिएकी पुर्णिमाले आफ्नो सानो उमेरमै ठूलै सपना देखेकी छन्। मेडिकल फिल्ड बाट डाक्टर हुने इच्छा रहेको छ । उनले…

Read More

शोभाखर पन्थी- अर्घाखाँची,असार १४ । नेकपा एमालेका नेताहरुले नेकपा एमालेलाई फुटाउने षडयन्त्र किमार्थ स्वीकार्य नहुने बताएका छन् । ७४ औं मदन जयन्तिको अवसरमा रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँची द्वारा आयोजित वृक्षरोपण तथा प्रवचन कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले प्रतिगामी दलालहरुले पटक पटक नेकपा एमालेलाई निशाना बनाएर विभाजन गरेको स्मरण गराए । उनिहरुले नेकपा एमाले मुलुकमा बलियो शक्तिको रुपमा स्थापित भएमात्र राष्ट्रिय स्वाधिनता,बिकास र समृद्धिले सार्थकता पाउने भन्दै अझै एकताबद्ध भएर अगाडी बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्रकुमार क्षेत्रीले नेकपा एमालेलाई समाप्त पार्छु भन्नेहरु आफै समाप्त भएर जाने बताउनु भयो । नेकपा एमालेलाई एकताबद्ध,सुदृढ…

Read More

अर्घाखाँची, असार १४ । नेपालको लोकतान्त्रिक आन्दोलनका महान व्यक्तित्व जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा अर्घाखाँचीमा भव्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मदन भण्डारी फाउन्डेशन अर्घाखाँचीद्वारा आयोजित “जननेता मदन भण्डारी र नेपालको लोकतान्त्रिक आन्दोलन” विषयक उक्त कार्यक्रमले भण्डारीको योगदानलाई स्मरण गर्नुका साथै लोकतन्त्र सुदृढिकरणमा सबैको साझा जिम्मेवारीको महत्वलाई उजागर गरेको छ। फाउन्डेशनका संयोजक श्रीकृष्ण भुसालको अध्यक्षता तथा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद सदस्य जनार्दन खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका प्रमुख राजनीतिक दलका नेता, बुद्धिजीवी, पत्रकार, संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा जननेता भण्डारीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो भने बरिष्ठ कम्युनिष्ट नेत्र ढुंगाना,…

Read More

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको विस्तारित बैठक आज जिल्ला पार्टी कार्यालय सन्धिखर्कमा सम्पन्न भएको छ। बैठकले महत्वपूर्ण राजनीतिक तथा सामाजिक कार्यक्रमहरु तय गर्दै आगामी दिनका गतिविधिहरू सार्वजनिक गरेको छ। बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तीमा पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधविरुद्ध जिल्लामा सशक्त जनहस्ताक्षर अभियान निरन्तर सञ्चालन गरिएको उल्लेख छ। साथै, यस अभियानमा सक्रिय रूपमा सहभागी भइरहेका सम्पूर्ण जिल्लावासीप्रति धन्यवाद व्यक्त गरिएको छ। हस्ताक्षर अभियानको कार्यक्रम यस प्रकार रहनेछ: शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका सबै वडामा आगामी असार १६ गतेदेखि हस्ताक्षर डेस्क सञ्चालन हुने छ। यसका लागि सम्बन्धित पालिका समितिले आवश्यक समन्वय गर्नेछ। सन्धिखर्क नगरपालिका, भूमिकास्थान…

Read More

गुल्मी । गुल्मी जिल्लामा करेण्ट लागेर एक युवकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–७ वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरेको करेण्ट लागेर मृत्यु भएको हो। प्रहरी नायब उपरिक्षक एवं जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले दिएको जानकारी अनुसार धुर्कोट गाउँपालिका–७ अन्तर्गत द्वानेटामा रहेको राष्ट्रिय प्रशारण लाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा आज बिहान घिमिरेलाई करेण्ट लागेको थियो। गम्भीर घाइते भएका घिमिरेको गुल्मी अस्पताल तम्घासमा उपचारका क्रममा आज अपरान्ह मृत्यु भएको प्रहरी नायब उपरिक्षक सारुले बताए। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

केशव पन्थी -अर्घाखाँची, असार १४ । पारिवारिक निजी वन संघको आयोजनामा अर्घाखाँचीमा जनवायु उत्थानशीलता तथा निजी वनको क्षमता अभिवृद्धि विषयक तीनदिने कार्यशाला गोष्ठी सुरु भएको छ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोईराला रहनुभएको थियो। कार्यक्रममा पारिवारिक निजी वनका केन्द्रिय अध्यक्ष जोगराजले गोष्ठीको उद्देश्य, कार्ययोजना तथा पारिवारिक वनको महत्वबारे जानकारी दिनुभएको थियो। गोष्ठीमा डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहन प्रसाद श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका जिल्ला अध्यक्ष मधुकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष गणेश खनाल, निजी वन लुम्बिनी प्रदेश सदस्य जगत प्रसाद भुसाल, रूपा प्रधान, रामचन्द्र पोखरेल, जिल्ला सचिव सीता पन्थी, र जिल्ला सदस्य सुमित्रा…

Read More

नवीन केसी-अर्घाखाँची, असार १४ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को सार्वजनिक नतिजाअनुसार अर्घाखाँची जिल्लाका सामुदायिक विद्यालयहरूमा मालारानी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ। जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख विष्णु बेल्बासे अनुसार मालारानी गाउँपालिकाबाट ५१३ जना विद्यार्थी सहभागी भएकोमा ३६४ जना उत्तीर्ण भई ७०.९६ प्रतिशत सफलता हासिल भएको हो। अन्य पालिकाहरूको नतिजा यसप्रकार छ: सन्धिखर्क नगरपालिका (सामुदायिक): ६५.३०% पाणिनी गाउँपालिका: ६५.६% भूमिकास्थान नगरपालिका: ५४.१९% छत्रदेव गाउँपालिका सामुदायिक: ४९.२% संस्थागत: ८५% शितगंगा नगरपालिका: ४०.२२% संस्थागत विद्यालयहरूतर्फ जिल्लाभर उच्च सफलता दर देखिएको छ। सन्धिखर्क नगरपालिकाका संस्थागत विद्यालयमा ९९.२८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

Read More

केशव पन्थी-अर्घाखाँची, छत्रदेव । पछिल्लो समय सुधारको क्रममा रहेको छत्रदेव गाउँपालिकाका सामुदायिक विद्यालयहरूबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा मिश्रित तर आशालाग्दो नतिजा आएको छ। विभिन्न विद्यालयका विद्यार्थीहरू बीच प्रतिस्पर्धात्मक नतिजा देखिँदा गाउँपालिकाको शैक्षिक भविष्यप्रति आशावाद बढेको छ। छत्रदेव–४ स्थित शारदा माध्यमिक विद्यालयले यसपालि उत्कृष्ट प्रगति गर्दै २५ जना सहभागीमध्ये १८ जनालाई सफल बनाएको छ। सोही विद्यालयका दुई छात्राले ३.७९ ग्रेड ल्याई विद्यालयको गौरव बढाएका छन्। त्यस्तै, छत्रदेव–७ को सरस्वती माध्यमिक विद्यालयबाट ३७ मध्ये २५ जना विद्यार्थीले सफलता हात पार्दा विद्यालय परिवारमा खुसी छाएको छ। साथै, नेपाल राष्ट्रिय मावि, छत्रदेव–६ बाट ५१ जना सहभागीमध्ये २७ जना उत्तीर्ण भएका…

Read More