काठमाडौं – जेनजी आन्दोलनका क्रममा प्रहरीको ज्यान गएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका युवराज क्याप्छाकी रहेका छन्।
गत भदौ २४ गते महाराजगञ्जस्थित प्रहरी वृत्तमा आन्दोलनकारीहरूले आक्रमण गर्दा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको थियो।
उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अनुसन्धानमा जुटेको प्रहरीले क्याप्छाकीलाई चिनेर पक्राउ गरेको हो। प्रहरीले उनलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाउने जनाएको छ।