काठमाडौं- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनको सन्देशलाई आत्मसात गर्दै पार्टीलाई नयाँ ढंगले रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।
धुलाबारीमा भएको कार्यक्रममा उनले समयसँगै नेता, संयन्त्रदेखि गाउँ–गाउँको संरचना बदलिनुपर्ने बताए। बदलिन सक्नेले नेतृत्व लिने र नसक्नेले बिदा हुने उनको भनाइ थियो।
जेन–जी आन्दोलनले भ्रष्टाचारविरुद्ध कठोर कदम, नेतृत्व परिवर्तन र लोकतान्त्रिक चेतना बलियो बनाउने सन्देश दिएको भन्दै उनले गोली चलाउनेदेखि आगजनी गर्नेहरूमाथि छानबिन र कडा कानुनी कारबाही गर्न माग गरे।
शर्माले तोडफोडमा परेको पार्टी कार्यालय र आफ्नै निवास पनि अवलोकन गरेका छन्।