Author: नेपाल राज्य

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–२ मा अवस्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रम संस्थाका अध्यक्ष कमलप्रसाद घिमिरेको अध्यक्षतामा भएको थियो। सभामा संस्थापक अध्यक्ष गोविन्द बहादुर भट्टराई क्षेत्री, पूर्व अध्यक्षहरू चन्द्रप्रसाद बन्जाडे र उत्तममणि मिश्रलगायतका अतिथि र सरोकारवालाको उपस्थिति थियो। साधारण सभामा १२०२ जना शेयर सदस्य सहभागी थिए। अध्यक्ष घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने सचिव नारायणप्रसाद भुसालले आर्थिक वर्ष २०८१/८२ का गतिविधि र आगामी वर्ष २०८२/८३ का योजना सार्वजनिक गरे। कोषाध्यक्ष शिव बेल्वासेले वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल कायम बचत १३ करोड ६४ लाख ६६ हजार २ सय ३६ रुपैयाँ…

Read More

अर्घाखाँची । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको ८औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले बल बहादुर रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित समितिमा उपाध्यक्षहरू तेजेन्द्र शमशेर, श्रीधर पन्थी, पवित्रा शापकोटा,सचिवमा हुम बहादुर विक,कोषाध्यक्ष विमला केसी,सहसचिव ठाकुर गन्धर्व ,सहकोषाध्यक्ष पूजा कुँवर चयन भएका छन् । त्यस्तै सदस्यहरूमा रामविलास रायमाझी, रमेश भट्टराई, प्रदीप विक, शारदा आचार्य र प्रमिला दर्नाल चयन भएका छन्।सल्लाहकार समितिमा प्रमिला क्षेत्री, हिम बहादुर जिसी (लेकालि), राधा आचार्य, खिम बहादुर चौहान र रामजी परियार रहेका छन्। अधिवेशनले अर्घाखाँची जिल्लामा लोक तथा दोहोरी संस्कृतिको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा यसको विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

Read More

दिल्ली । भारतको दिल्लीमा आदर्श युवा क्लबले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । भारतको दिल्ली (गुरुग्राम)मा रहेका नेपाली समुदायले आदर्श युवा क्लबको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न गरेका हुन। दिल्लीमा छरिएका नेपालीहरू एकजुट हुँदै यस कार्यक्रममा उत्साहपूर्वक सहभागी भएका थिए। कार्यक्रमको उद्देश्य सामाजिक कार्यमा सबैलाई अघि बढाउने दिन दुखी लाई सहयोग गर्ने “हामी सबै एक हौं, हाम्रो संस्कृति हाम्रो पहिचान हो” भन्ने सन्देशसहित नेपाली संस्कृतिको संरक्षण गर्ने उद्देश्य रहेको क्लबका अध्यक्ष सन्तोष बस्नेतले जानकारी दिएका छन् ।

Read More

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा लोकतन्त्रको मूल सार संवादमा रहेको बताएका छन्। उनले भने, “लोकतन्त्र विवाद र द्वन्द्वमा होइन, संवाद र सहकार्यमा बलियो हुन्छ।” प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख–उपसभामुखहरू, साथै प्रदेशसभाका सभामुख–उपसभामुखहरूसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक अभ्यासलाई जनजीवनसँग जोड्नुपर्नेमा जोड दिए। उनका अनुसार जनताको आवाज सुन्ने र त्यसलाई नीति–निर्णयमा उतार्न सक्ने संस्कार जति मजबुत हुन्छ, लोकतन्त्र र संसदीय प्रणाली पनि उति सुदृढ बन्छ। युवा पुस्तामा सुशासन र विकासप्रतिको चासो बढ्दै गएको उल्लेख गर्दै उनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन सबैले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताए। उनले संसदीय प्रणालीको बल कुनै एक…

Read More

अर्घाखाँची– भूमिकास्थान नगरपालिका–९ स्थित भगवती माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार अन्तर सदनात्मक भलिबल प्रतियोगिता सम्पन्न भएको छ। छात्र तर्फ शितगंगा सदन विजेता बनेको छ भने पाणिनी सदन उपविजेता हुन सफल भएको विद्यालयले जनाएको छ। छात्रा तर्फ सुशिला पुलामी नेतृत्वको टिमले विजेताको उपाधि हात पार्दा बिनिता भुसालको टिम उपविजेता बनेको थियो। प्रतियोगिताको प्रमुख रेफ्रीको जिम्मेवारी खेल शिक्षक तारा बहादुर पुलामीले वहन गरेका थिए भने सहायक रेफ्रीमा शिक्षक पवन बरालले सहयोग गरेका थिए। छात्र समूहबाट ४ सदन र छात्रा समूहबाट ३ टिम गरी कुल ७ टिम प्रतियोगितामा सहभागी भएका थिए। प्रतियोगिताको उद्घाटन विद्यालयका प्रधानाध्यापक कृष्ण खनालले बल सर्भिस गर्दै गर्नुभएको थियो।…

Read More

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई असंवैधानिक भन्दै संसद पुनःस्थापनाको माग दोहोर्याएका छन्। शुक्रबार राजधानीमा आयोजित एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले अहिलेको सरकार आन्दोलन र अराजकताको बलमा बनेको दाबी गरे। देश नछाडी अडानमा रहने दृढता जनाउँदै अध्यक्ष ओलीले भने “मर्नैपरे यहीँ मर्छु, देश सुम्पिएर भाग्दिनँ।” उनले अहिलेको सरकारले विपक्षी नेताहरूलाई पासपोर्ट रोक्का गरेर दबाब दिने काम गरिरहेको आरोप पनि लगाए। “संविधानको बाटोमा फर्किन संसद पुनःस्थापना अब अपरिहार्य छ। संविधान तोड्ने, आगजनी गर्नेहरूकै हातमा देश सुम्पिएको छ।” उनका अनुसार एमालेले बेठिक शक्तिसँग कहिल्यै सम्झौता गर्ने छैन। “दुई दिनको सडक नाटकबाट बनेको यो सरकारसँग एमाले झुक्दैन,” उनले…

Read More

अर्घाखाँची । नेकपा (एमाले) का नेता रामजी प्रसाद घिमिरेले सामाजिक सञ्जालमार्फत राजधानी काठमाडौँ बाहिर हुनुपर्ने बताएका छन् । नेता घिमिरेले डेराको जीवन बिताएर फर्किएका नेताहरूप्रति कटाक्ष गर्दै भनेका छन् “अब तपाईहरूले राजधानी काठमाडौँबाट बाहिर सार्नुस्, तबमात्र आधारभूत जनताको सुरक्षाभित्र आउनु हुनेछ, नत्र जनता र नेताबीचको दूरी बढ्दै जानेछ र नेताहरू आफैं असुरक्षित बन्दै जानेछन्।” कडा टिप्पणी गर्दै नेता घिमिरेले भने काठमाडौँका जनताले राजधानीकै बोझले थकित भइसकेका छन्। खानेपानी, फोहर व्यवस्थापन, ट्राफिक जाम र वायु प्रदूषणले उनीहरू पीडित रहेको उल्लेख गर्दै उनले भने “राजधानीका संरचना जोगाउन पनि कठिन भइसकेको छ। जनघनत्वले शहर दबिँदै गएको छ।” लुम्बिनी प्रदेशको भौतिक पुर्वाधार तथा विकास…

Read More

अर्घाखाँची । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला युवा इन्चार्ज विनोद बस्नेतले आन्दोलनको नाममा अराजक मच्चाउने लाई कडा कारबाही गर्न माग गरेका छन् । सामाजीक संजालमा लेख्दै इन्चार्ज बस्नेतले शान्तिपूर्ण आन्दोलन नागरिकको संवैधानिक अधिकार भएको बताएका छन्। उनले नीतिगत माग र स्पष्ट एजेन्डा लिएर शान्तिपूर्ण रूपमा आवाज उठाउने व्यक्ति, संघ–संगठन वा समुदायहरूमाथि प्रहरीले कारबाही गर्न नहुने स्पष्ट धारणा राखे। बस्नेतका अनुसार “आन्दोलन गर्ने स्वतन्त्रताको संरक्षण नै लोकतन्त्रको आधार हो। न्यायसंगत मागसहित शान्तिपूर्ण आन्दोलन गर्नेहरूमाथि कुनै प्रकारको दमन हुनु हुँदैन।” उनले प्रहरी लाई आफ्नो उच्च मनोबलका साथ काममा लाग्नु होस राष्ट्रिय युवा संघ नेपाल सधै देश , जनताको…

Read More

वीरेन्द्र केसी, अर्घाखाँची । धार्मिक पर्यटकीय गन्तव्य सुपा देउराली मन्दिरमा दर्शन गर्न र घुम्न आउने तीर्थालुको संख्या वर्षमा दस लाख बराबर रहेको तथ्यांक छ । मन्दिरमा नेपाल तथा भारतका विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर पर्यटक भित्रिने गर्छन् । ‘मन्दिरमा दर्शन र नजिकै रहेको नरपानीमा घुम्न आउने पर्यटकको संख्या वर्षमा दस लाखभन्दा बढीको हुन्छ,’ सुपा देउराली मन्दिर व्यवस्थापन समितिका सदस्य एवम् सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुराबहादुर केसीले भने, ‘हरेक वर्ष यहाँ भित्रिनेको संख्या बढ्दो छ । भारतीय तीर्थालुको संख्या धेरै छ ।’ यति धेरै पर्यटक भित्रिनुको कारण सुपा देउरालीमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको उनले बताए । यो मन्दिर सन्धिखर्क…

Read More

अर्घाखाँची । भूमिकास्थान – ९ डेभा स्थित श्री भगवती माध्यमिक विद्यालयका जुनियर रेडक्रस सर्कल (जु.रे.स.) ले नेपालीहरूको महान् चाड तिहार (शुभ दीपावली) तथा छठ पर्वको अवसरमा विद्यालय परिसरमा खुला देउसी–भैलो प्रतियोगिता सम्पन्न गरेको छ। मौलिक संस्कृतिको संरक्षण र समुदायबीचको आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जम्मा १० टिम सहभागी भएका थिए। सहभागी मध्ये ९ टिम विद्यालयका विद्यार्थीहरूको र १ टिम अभिभावकहरूको रहेको थियो। प्रतियोगितामा कक्षा ६ की सन्दीपा बि.क.को टिमले प्रथम स्थान हासिल गर्दै नगद तथा पुरस्कार प्राप्त गर्‍यो। कक्षा ११ की वर्षा थापाको टिम दोस्रो र कक्षा ८ की सुहाना परियारको टिम तृतीय स्थानमा रहेका थिए। कार्यक्रम…

Read More