Author: नेपाल राज्य

अर्घाखाँची । नेकपा एमाले सचिव रायमाझीकी आमाको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा एमाले अर्घाखाँचीका सचिव तोजबहादुर रायमाझीकी आमा भिमकुमारी रायमाझीको असार १६ गते दुःखद निधन भएकोमा उहाँको स्मृतिमा शनिबार (असार २१ गते) रायमाझी निवास रूब्दीमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो। उक्त शोक सभामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भिमकुमारी रायमाझीको निधनले सम्पूर्ण अर्घाखाँचीवासी तथा एमाले परिवारलाई अपूरणीय क्षति पुगेको बताउँदै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरे। मुख्यमन्त्री आचार्यले स्वर्गीय रायमाझी समाजसेवी, संघर्षशील र समर्पित व्यक्तित्व रहेको स्मरण गर्दै उहाँको जीवनबाट सबैले प्रेरणा लिनुपर्ने बताए। श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह-महामन्त्री विष्णु मुस्कान, नेकपा…

Read More

मकवानपुर । हेटौँडाबाट काठमाडौँ जाँदै गरेको एक इभी सवारीसाधन दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन्। शुक्रबार दिउँसो मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ स्थित रातमाटेमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ। मधेस प्रदेश नम्बर ०३–००१ ज ०५५१ नम्बरको उक्त ईभी गाडी हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको थियो। तर, अनियन्त्रित भई गाडी सडकबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो। घाइतेहरुको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। थप विवरण आउन बाकी।

Read More

काठमाडौं । मुगु जिल्लाको खत्याड गाउँपालिका-५ तारापानीमा पहिरोले एक महिलाको मृत्यु भएको छ। सडक नाला निर्माणको लागि गिट्टी कुटिरहेकी कोटीला गाउँकी ३७ वर्षीया जानु बुढाको शुक्रबार बिहान १०:५० बजे माथिबाट खसेको पहिरोले च्यापेर मृत्यु भएको हो। खत्याड गाउँपालिकाको १२ नम्बर ठेक्का अन्तर्गत भिष्मराज कन्ट्रक्सनले नाला निर्माण गर्दै आएको थियो। घटनापछि इलाका प्रहरी कार्यालय रातापानी र माथीचौर प्रहरी चौकीबाट टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

Read More

काठमाडौं । गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा भएको छ । धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र कन्स्ट्रक्शन प्रालिविरूद्ध ३१ करोड ३४ लाख रुपैयाँ हिनामिनाको आरोपमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूले बजार नाला तथा फोहर व्यवस्थापन शीर्षकमा मिलेमतो गरी गुणस्तरहीन बजार सेड निर्माण गरेको, नापी किताब फर्जी बनाएको र सार्वजनिक सम्पत्ति हिनामिना गरेको अख्तियारको आरोप छ।

Read More

काठमाडौं । रास्वपाको ‘प्रतिशोधविरुद्धको हस्ताक्षर’ अभियानमा सहभागी ट्राफिक प्रहरी सई कमल खड्का काठमाडौं तानिएका छन् । नेपालगञ्जमा ड्युटीकै क्रममा हस्ताक्षर गरेका खड्कालाई प्रहरी प्रधान कार्यालयले सोधपुछका लागि काठमाडौं बोलाएको हो। प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार खड्काले आचारसंहिताविपरीत गम्भीर गल्ती गरेकाले छानबिन हुने भएको छ। सुरक्षाकर्मीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन निषेध छ।

Read More

हुम्ला। हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ। खार्पुनाथ, सर्केगाड र चंखेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा परेका छन्। खार्पुनाथ गाउँपालिका– १ को पिउस, बोच्चेगौँडा, सुनखाडासहित वडा नं. ३ को राया, कारङ्गालगायत बस्तीमा यतिवेला टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय शान्ति शाहीले बताइन्। दुई हप्ताभन्दा बढी समयदेखि यस क्षेत्रमा बिहान, दिउँसो र साँझको समयमा टेलिफोन सेवाले काम गर्न छोडेको शाहीले बताइन्। रातिको समयमा मात्रै टावर आउने गरेको उनको भनाइ छ। रायाको ठाना भन्ने स्थानमा रहेको टावरले काम नगर्दा यहाँका सेवाग्राही सञ्चारबाट वञ्चित हुनुपरेको हो। त्यसैगरी, सर्केगाड गाउँपालिकाको स्याल्तडी, रिप र…

Read More

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा १२ वर्षअघि शुरु गरिएको खेलमैदान निर्माण कार्य पूरा भएको छ । ओरेन्ज युवा क्लबको पहलमा २०७० सालमा शुरु भएको मैदान ३१ मिटर लम्बाइ र १६ मिटर चौडाइको बनेको छ, जहाँ बास्केटबल र भलिबल खेल सञ्चालन हुनेछ । गाउँपालिकाको १० लाख, गण्डकी प्रदेशको ५ लाख, अन्नपूर्ण गाउँपालिकाको ३४ लाख र स्थानीयको श्रमदानमार्फत मैदान निर्माण सम्पन्न भएको हो ।

Read More

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा भिरबाट खसेको ढुंगाले लाग्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ। नरबहादुर बुढाका १८ वर्षीया छोरी शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। गएराति साढे ९ बजे तिर बाख्रा हेरचाहका लागि बनाइएको अस्थायी टहरामा सुतिरहेका बेला भिरमाथिबाट पहिरोसँगै ठूलो ढुंगा खसेर टहरामा बजारिएको थियो। ढुंगाले लागेर चमेलीको घटनास्थलमै मृत्यु भएको र गम्भीर घाइते भएकी शर्मिलाको उपचारका लागि अर्छानि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Read More

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–११, अरौराकोटका पाँच वर्षीय सुफेल अंसारीको पोखरीमा डुबेर मृत्यु भएको छ। कपिलवस्तु अस्पतालका अनुसार सुफेल अंसारी स्थानीय अनिल अंसारीका छोरा हुन्। विद्यालयबाट घर फर्किएपछि साथीहरूसँग खेल्न निस्किएका सुफेल नजिकैको माछा पोखरीमा डुबेका हुन्। परिवारका सदस्यहरूले पोखरीबाट उद्धार गरेर तुरुन्तै कपिलवस्तु अस्पतालतर्फ लगिरहेका बेला बाटोमै सुफेलको ज्यान गएको अस्पतालले जनाएको छ। स्थानीयवासीले बालबालिकाको सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

Read More

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–२, कमेरेभिरमा ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहीबार साँझ करिब ६:३५ बजे लगातारको वर्षापछि सडक माथिबाट पहिरो खसेको हो। अहिलेसम्म मानवीय क्षतिको जानकारी आएको छैन। तर, पहिरोका कारण दुवैतर्फ सवारी साधन रोकिएका छन्। पहिरो हटाउन डोजर लगायतको तयारी भइरहेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग काठमाडौं जोड्ने मुख्य मार्ग भएकाले सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयवासी प्रभावित भएका छन्। सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सडक खुलाउने प्रयास जारी छ।

Read More