Author: नेपाल राज्य

अर्घाखाँची — सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता मूल संस्थाको निर्वाचनमा दिउँसो २:३० बजेसम्म ६०० मत खसेका छन्। संस्थामा कुल मतदाता १७३३ जना रहेका छन्। समयमै मतदान सुरु भएयता मतदाता ढिलो–ढिलो भए पनि निरन्तर रूपमा मतदान केन्द्रमा पुगिरहेका छन्। ८ सय देखी १ हजार मत खस्ने अनुमान गरिएको छ । मतदान शान्त र व्यवस्थित रूपमा भइरहेको निर्वाचन समितिले जनाएको छ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा विमानस्थलमा जेनजी समूहले देखाएको व्यवहारलाई जेनजी भावनाको सही अभिव्यक्ति नभई त्यसको दुरुपयोग भएको टिप्पणी गरेका छन्। एमाले नेताहरू शंकर पोखरेल र महेश बस्नेत प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सिमरा झर्दै छन् भन्ने जानकारी पाएपछि जेनजी समूहले विमान अवतरण गर्न नदिने भन्दै आन्दोलन गरे। स्थिति तनावपूर्ण भएपछि जिल्ला प्रशासनले राति ८ बजेसम्म कर्फ्यु लगायो। घटनापछि शर्माले सामाजिक सञ्जालमा जेनजीको स्वतन्त्र अभिव्यक्तिलाई समर्थन गर्नेहरू, कसैको आवागमन रोक्ने कदममा उभिन नसक्ने बताए। उनका अनुसार भ्रमण र आवागमन संविधानले दिएको हक हो र त्यसलाई कुण्ठित गर्नु गलत अभ्यास हो। शर्माले निषेध र आवेगले राजनीति चल्दैन भन्दै संयम…

Read More

काठमाडौं । नेकपा एमालेले मंसिर ५ मा ‘नेसनल भोलेन्टियर फोर्स’ नामक युवा फोर्स सार्वजनिक गर्ने तयारी गरेको छ। घोषणा माइतीघरको कार्की बैंक्वेटमा हुने छ जहाँ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित रहनेछन्। युवा संघका प्रवक्ता निरोज पौडेलका अनुसार यो फोर्सको नेतृत्व पूर्व उपाध्यक्ष पुष्पराज श्रेष्ठले सम्हाल्नेछन्। श्रेष्ठ एमाले बागमती प्रदेश कमिटीका सदस्य हुन् र नेता महेश बस्नेतसँग नजिका मानिन्छन्। यो संरचना बनाउन एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले केही समयअघि गुण्डुमा बैठक बोलाएर कार्यदल गठन गरेका थिए। बस्नेतको संयोजकत्वमा बनेको नौ सदस्यीय समूहले विधान, लोगो, झन्डा र कार्ययोजना तयार पारेपछि फोर्स गठनको प्रक्रिया अघि बढाइएको हो। नयाँ फोर्स…

Read More

अर्घाखाँची – सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मूल संस्थाको भोलि हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बाबुराम भुसालले अर्घाखाँचीबासी मतदातालाई आफ्नो अमूल्य मत दिन आग्रह गरेका छन्। भुसाललाई कांग्रेस, एमाले सहित अन्य राजनीतिक दलहरूको समेत समर्थन रहेको छ। विभिन्न दलहरूको साथ र उपभोक्ताको विश्वासका आधारमा आफूलाई भारी मतले विजयी बनाउन आग्रह गर्दै भुसालले संस्थाको सुधार, सेवा विस्तार र व्यवस्थापन सुदृढीकरण आफ्ना प्राथमिकता हुने बताएका छन्। सामाजिक संजालमा सक्रिय रहँदै उनले समुदायका विभिन्न सेवा तथा समाजसेवी गतिविधिहरूमा पनि निरन्तर सहभागिता जनाउँदै आएका छन्। भोलि हुने मतदानमा जिम्मेवार नेतृत्व छान्न सबै मतदातामा सहभागी हुन उनले अपिल…

Read More

अर्घाखाँची – नेपाली कांग्रेस अर्घाखाँचीले सन्धिखर्क नगर कार्य समितिका तत्कालीन नगर सभापति बाबुराम भुसाललाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा साधारण सदस्यता समेत नरहने गरी कारबाही गरेको जनाएको छ। कांग्रेस अर्घाखाँचीले २०८२ भदौ २९ मा भुसालमाथि कारबाही लागू भएको स्पष्ट गरेको हो। सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको अधिवेशन हुन लागेकाले यस चुनावलाई लक्षित गर्दै कांग्रेसले औपचारिक प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा उपभोक्ताले नै अघि सारेका साझा उम्मेदवार युवराज खत्री (प्रेम) लाई नेपाली कांग्रेससहित अन्य राजनीतिक दलले पनि समर्थन रहने उल्लेख छ। बुधबार बिहान १० देखि साँझ ५ बजेसम्म हुने मतदानको लागी कांग्रेस अर्घाखाँचीले मतदातालाई…

Read More

अर्घाखाँची । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले युवालाई अग्रपंक्तिमा ल्याएर देशलाई नयाँ दिशामा अघि बढाउनु एमालेको जिम्मेवारी भएको बताएकी छन् । मंगलबार सन्धिखर्कमा प्रेस चौतारी नेपाल अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विश्व डिजिटल युगमा ढल्किएको अहिलेको अवस्थामा युवा पुस्ताको नेतृत्व अनिवार्य भएको बताइन् । जेनजी हाम्रै छोराछोरी र भाइबहिनी हुन्।युवा पुस्ता लाई भड्काउने खेलमा लाग्नेहरूलाई इतिहासले क्षमा नदिने टिप्पणी गर्दै उनले भनिन्, “हामीले नुन बोकेर खाने समय बित्यौं, अहिलेको पुस्तालाई अवसर दिनैपर्छ। जेन-जीलाई पार्टीको अग्रपंक्तिमा ल्याउनु जरुरी छ।” एमाले नेतृ झाँक्रीले एमाले चुनावका लागि तयार रहेको तर निर्वाचनमा जाने माहोल सरकारले बनाउने जिम्मेवारी पूरा नगरेको आरोपसमेत लगाइन्। “हामी…

Read More

अर्घाखाँची — नेपाल कम्युनिस्ट पार्टी (एमाले) छत्रदेव गाउँ कमिटीले सोमबार आयोजना गरेको मोटरसाइकल र्‍याली र बल्कोटमा भएको कोणसभामा एमाले अर्घाखाँचीका सचिव तोज बहादुर रायमाझी “विधान” ले अहिलेको अवस्थाले चुनाव असम्भव देखिएको बताएका छन्। उनले जेन–जी आन्दोलनको नाममा देशलाई अराजक बनाउन गरिएको प्रयास, प्रहरीको हतियार लुटिने जस्ता घटनाले जनताभित्र डर फैलिएको बताए। यस्तो माहोलमा चुनाव गराउने वातावरण नबनेको उनको भनाइ छ। यससँगै उनले जेन–जीका जायज मागहरू एमाले सरकारले संविधान संशोधनमार्फत भए पनि पूरा गर्ने स्पष्ट सन्देश दिएका हुन् । सचीव रायमाझीले देसी–विदेशी शक्तिहरूले नेपालको संविधान कमजोर पार्न खोजेको आरोप लगाउँदै देशलाई अस्थिरतामा धकेल्ने योजना सशक्त रूपमा रोक्नुपर्ने धारणा राखे। उनका अनुसार…

Read More

अर्घाखाँची — सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजनाको छैटौं अधिवेशनका लागि जिल्लामा सक्रिय चार राजनीतिक दलले युवा समाजसेवी युवराज खत्री “प्रेम” लाई अध्यक्षका लागि साझा उम्मेदवारका रूपमा अघि सारेका छन्। साझा प्यानलमा अध्यक्षका उम्मेदवार खत्रीसँगै बाबुराम भुसाल वरिष्ठ उपाध्यक्ष, भेष बहादुर के.सी. उपाध्यक्ष, जीवलाल पौडेल (गोपाल) सचिव, कल्पना पोखेल सह–सचिव र सुमित्रा मुखिया कोषाध्यक्षका उम्मेदवार छन्। सदस्यमा कमला अर्याल, मतिलाल खनाल र नविन सुनार छन्। लेखा समितिको संयोजकमा सुनिता बेल्वासे र सदस्यमा ज्ञान बहादुर विश्वकर्मा तथा कमल ढकाल लाई अगाडि सारेका छन् । मंसिर २ गते हुने अधिवेशनलाई लक्षित गर्दै चार दलले संयुक्त अपिल जारी गरेका छन्। अपिलमा…

Read More

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले चाँडै नै निर्वाचनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको बताएकी छन्। उनले सोमबार नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल गर्दै युवाहरूमा देखिएको असन्तुष्टि सम्बोधन गर्न सरकारले विशेष पहल गरिरहेको उल्लेख गरिन् । उनले भनेकी छन्, ‘उनीहरूको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी निर्वाचन सम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चाल्दै छौँ। यसबाट उनीहरूको असन्तुष्टिको राजनीतिक सम्बोधन हुनेछ।’ जेनजी आन्दोलन गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो भन्नेमा आफूहरू प्रस्ट रहेको पनि प्रधानमन्त्री कार्कीले बताइन् । ‘जेनजी आन्दोलनलाई हामीले केवल कानुन व्यवस्थाको विषय मात्र मानेका छैनौँ । यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो, जसको कारण…

Read More

अर्घाखाँची । अर्घाखाँचीका समाजसेवी तथा नेपाली कांग्रेस नेता मणिराम पौडेलको कार दुर्घटनामा मृत्यु भएको छ। बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ५०७५ नम्बरको कार नवलपरासीमा अनियन्त्रित भई पुलबाट खोल्सामा खस्दा ८० वर्षीय पौडेलको घटनास्थलमै निधन भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी विरदत्त पन्तका अनुसार कार चालक तथा पौडेलका छोरा हरिशचन्द्र पौडेल घाइते भएका छन्। उहाँको अवस्था सामान्य रहेको र पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कारमा बाबु–छोरा मात्र सवार रहेको र दुर्घटना सुनवल नगरपालिका–१३ सूर्यबस्ती नजिकै भएको प्रहरीले जानकारी दिएको छ।

Read More