Author: नेपाल राज्य
काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका कुलेश्वर बस्ने दोलखा घर भएका ११ वर्षीय विवेश तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उक्त खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका तामाङको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। रासस
अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले क्रिकेट शुभम खनाल लाई सम्मानित गरेको छ । मलेशियामा सम्पन्न एसिसी अन्डर १६ इस्ट जोन कपमा १२ विकेट लिँदै चम्किएका शुभम खनाललाई अर्घाखाँची क्रिकेट संघले टुँडिखेलमा भव्य स्वागतसहित सम्मान गरेको हो । भुमिकास्थान–१, ढाकाबाङमा जन्मिएका शुभमले जापानविरुद्धको खेलमा मात्र पाँच विकेट लिँदै चर्चा बटुलेका थिए। हाल दाङमा बस्दै आएका उनले यसअघि अर्घाखाँची प्रिमियर लिगमा “ईमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट” को उपाधि पनि जितेका थिए। सम्मान कार्यक्रममा बोल्दै क्रिकेट संघ अध्यक्ष ऋषिकेश भट्टराईले शुभमको सफलता अर्घाखाँचीको गौरव भएको बताए। शुभमले भने, “यो सम्मान मेरो लागि हौसला हो। अर्घाखाँची क्रिकेट संघको योगदान अतुलनीय छ।” कार्यक्रममा शुभमका परिवार,…
अर्घाखाँची । शितगंगा नगरपालिका–१ का हिमबहादुर सारु भरुवा बन्दुकसहित पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको टोलीले आफ्नै घरमा हतियार लुकाइराखेको अवस्थामा उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार सारुको साथबाट १ नाल भरुवा बन्दुक, फलाम र सिसाका छर्रा, केप, बारुदसहितका सामग्रीहरू बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी चक्रबहादुर मल्लका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।
काठमाडौँ। काठमाडौँ महानगरपालिका–१६, बालाजु चमतिस्थित मञ्जित स्टोर (झोला गोदाम) मा आइतबार दिउँसो २:१५ बजे आगलागी हुँदा करिब दुई करोडको क्षति भएको छ। पदमबहादुर तुलाधरको जग्गामा महेन्द्र श्रेष्ठद्वारा सञ्चालित गोदाममा लागेको आगो नेपाली सेना, प्रहरी, सशस्त्र, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको हो। प्रहरीका अनुसार आगलागीको कारण खुल्न बाँकी छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काभ्रेपलाञ्चोक । आइतबार साँझ ६:३० बजेतिर आएको लेदोसहितको बाढीले बीपी राजमार्गको काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीस्थित विरुवाडाँडा कालढुंगा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। प्राकृतिक प्रकोपका कारण राजमार्ग दुवै दिशाबाट बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पुष्टि गरेको छ। अवरुद्ध सडक खुलाउने प्रयासमा इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीहरू जुटिरहेका छन्। पानीको वहावसँगै आएको लेदोका कारण सडकमा ठूलो मात्रामा अवरोध सिर्जना भएको र क्षतिको विवरण संकलन कार्य सुरु गरिएको बताइएको छ।
काठमाडौँ । पूर्व निर्वाचन आयुक्त एवं पूर्व पत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ। उनको आज साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्व पत्रकार अमृता लम्सालले बताइन्। उनको दाहसंस्कार भोलि गरिनेछ । उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन्। उनका दुई छोरी छन्।
अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं. ७ फुदवाङ्गमा स्थापना हुन लागेको सुपादेउराली कला केन्द्रको उद्घाटन यही असार ३० गते, सोमबारका दिन हुने भएको छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सन्धिखर्क ७ का वडा अध्यक्ष तथा अर्घाखाँचीका जनप्रतिनिधि चुराबहादुर केसीको रहनेछन्। कला र संस्कृति संरक्षणका साथै विद्यार्थिहरुको प्रतिभा र क्षमताको विकास गर्ने उद्देश्यले सञ्चालन हुन लागेको यो केन्द्रले स्थानीयस्तरमा कला क्षेत्रको विकासमा विशेष योगदान पुर्याउने विश्वास गरिएको छ। कार्यक्रमका सन्दर्भमा केन्द्रका प्रोपाइटर तथा मुख्य कोरियोग्राफर सन्देश रणपालले सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेका छन्। उनले भने, “स्थानीय प्रतिभा पहिचान र प्रोत्साहनका लागि केन्द्रको स्थापना गरिएको हो। सबैको साथ र सहकार्यको…
अर्घाखाँची । किसानका खेतबारीमा बारम्बार बाँदर र बदेलले गर्ने क्षति न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय, अर्घाखाँचीले १० जना ‘बाँदर तथा बदेल हेरालू’ नियुक्त गर्ने भएको छ। वन्यजन्तुजन्य क्षति न्यूनीकरण र मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्न यो नयाँ पहल सुरु गरिएको हो। वन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै जिल्लाका प्रभावित क्षेत्रमा बाँदर तथा बदेल हटाउने काममा खटिन इच्छुक तथा योग्य स्थानीय बासिन्दाहरूबाट आवेदन माग गरेको हो। जिल्लाका विभिन्न ९ कार्यक्षेत्रमा १० जना हेरालू खटाइनेछन्। ती क्षेत्रहरूमा पाली, किमडाँडा, बल्कोट, चिदिका, केरुङ्गा, अडगुरी, खन, अर्घातोष र पोटुवाथुम रहेका छन्। हेरालूहरूले किसानका बालीमा क्षति पुर्याउने बाँदर र बदेललाई धपाइ उनीहरूलाई पुनः प्राकृतिक…
काठमाडौं । टंक बुढाथोकीको लेखन, निर्देशन र निर्माणमा बनेको नेपाली चलचित्र ‘मन बिनाको धन’ यही कात्तिक २१ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। बुधबार निर्मात्री विष्णु माया मैनाली र वितरण कम्पनीहरूसँगको सम्झौतापछि आधिकारिक मिति तय भएको हो। चलचित्र नेपालभर एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीमार्फत वितरण हुनेछ। फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, भोला सापकोटा, रमा थपलिया, साम्राज्ञी थापा, बिना राउत, रविन्द्र झा लगायतका चर्चित कलाकारको दमदार अभिनय रहेको छ। कुनैबेला गीतले पनि चर्चा बटुलेको थियो । सामाजिक विषयवस्तुमा आधारित यस फिल्मको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्। संगीतमा टंक बुढाथोकी, छायांकनमा सौरभ लामा, कोरियोग्राफीमा…
अर्घाखाँची। समाजसेवी तथा एमाले निकट भोज ब. खड्काले कम्युनिस्ट आन्दोलन कमजोर पार्नका लागि व्यक्तिगत अहं र नेतृत्वको जुँगाको लडाइँ जिम्मेवार रहेको टिप्पणी गरेका छन्। सामाजिक संजालमा पोस्ट गर्दै खड्काले केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुबीचको प्रतिस्पर्धा र द्वन्द्वकै कारण कम्युनिस्ट पार्टी पटक–पटक विभाजनमा गइरहेको टिप्पणी गरेका हुन् । “नेताहरुका जुँगाको लडाइँले आन्दोलन र संगठनलाई नोक्सान गर्यो,” खड्काले भने, “अब पनि यदि वाम एकता गर्न विद्यादेवी भण्डारीको नेतृत्वले सफल भूमिका खेल्न सक्छ भने त्यो सम्पूर्ण वामपन्थीहरूले स्वीकार गर्नुपर्छ।” उनको भनाइ थियो । उनले पूर्वराष्ट्रपति भण्डारीसँग नेतृत्व क्षमता, अनुभव र राष्ट्रिय राजनीतिमा सशक्त उपस्थिति भएकाले वाम…
