अर्घाखाँची — नेपाल कम्युनिस्ट पार्टी (एमाले) छत्रदेव गाउँ कमिटीले सोमबार आयोजना गरेको मोटरसाइकल र्याली र बल्कोटमा भएको कोणसभामा एमाले अर्घाखाँचीका सचिव तोज बहादुर रायमाझी “विधान” ले अहिलेको अवस्थाले चुनाव असम्भव देखिएको बताएका छन्।
उनले जेन–जी आन्दोलनको नाममा देशलाई अराजक बनाउन गरिएको प्रयास, प्रहरीको हतियार लुटिने जस्ता घटनाले जनताभित्र डर फैलिएको बताए। यस्तो माहोलमा चुनाव गराउने वातावरण नबनेको उनको भनाइ छ। यससँगै उनले जेन–जीका जायज मागहरू एमाले सरकारले संविधान संशोधनमार्फत भए पनि पूरा गर्ने स्पष्ट सन्देश दिएका हुन् ।
सचीव रायमाझीले देसी–विदेशी शक्तिहरूले नेपालको संविधान कमजोर पार्न खोजेको आरोप लगाउँदै देशलाई अस्थिरतामा धकेल्ने योजना सशक्त रूपमा रोक्नुपर्ने धारणा राखे। उनका अनुसार राष्ट्रिय स्वाधीनता र स्थिरता कायम राख्न एमाले नै जिम्मेवारीसहित अघि बढ्न सक्षम रहेको बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जेन–जीका माग समाधान हुने, नयाँ सरकार बन्ने र रोकिएका विकासका कामहरू तीव्र गतिमा अघि बढ्ने बताए । “सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य अब रोकिँदैन” उनले कोणसभामा भने।
कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नै देशले समाधान, स्थिरता र विकासको मार्ग रोज्ने दाबी समेत गरे ।

