अर्घाखाँची । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले युवालाई अग्रपंक्तिमा ल्याएर देशलाई नयाँ दिशामा अघि बढाउनु एमालेको जिम्मेवारी भएको बताएकी छन् ।
मंगलबार सन्धिखर्कमा प्रेस चौतारी नेपाल अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विश्व डिजिटल युगमा ढल्किएको अहिलेको अवस्थामा युवा पुस्ताको नेतृत्व अनिवार्य भएको बताइन् ।
जेनजी हाम्रै छोराछोरी र भाइबहिनी हुन्।युवा पुस्ता लाई भड्काउने खेलमा लाग्नेहरूलाई इतिहासले क्षमा नदिने टिप्पणी गर्दै उनले भनिन्, “हामीले नुन बोकेर खाने समय बित्यौं, अहिलेको पुस्तालाई अवसर दिनैपर्छ। जेन-जीलाई पार्टीको अग्रपंक्तिमा ल्याउनु जरुरी छ।”
एमाले नेतृ झाँक्रीले एमाले चुनावका लागि तयार रहेको तर निर्वाचनमा जाने माहोल सरकारले बनाउने जिम्मेवारी पूरा नगरेको आरोपसमेत लगाइन्। “हामी खरानी बाट उठेका हौं , पार्टी रोज्ने, फेरबदल गर्ने अधिकार मेरो हो। मेरो घरमा आगो लाग्दा दस दिन घर फर्किन मन लागेन” उनले भावुक हुदै भनिन् ।
कार्यक्रम प्रेस चौतारी नेपाल अर्घाखाँचीका अध्यक्ष नविन केसीको अध्यक्षतामा भयो। कार्यक्रमको सञ्चालन नविन रसाइलीले गरेका थिए।

