अर्घाखाँची — सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता मूल संस्थाको निर्वाचनमा दिउँसो २:३० बजेसम्म ६०० मत खसेका छन्। संस्थामा कुल मतदाता १७३३ जना रहेका छन्।
समयमै मतदान सुरु भएयता मतदाता ढिलो–ढिलो भए पनि निरन्तर रूपमा मतदान केन्द्रमा पुगिरहेका छन्। ८ सय देखी १ हजार मत खस्ने अनुमान गरिएको छ । मतदान शान्त र व्यवस्थित रूपमा भइरहेको निर्वाचन समितिले जनाएको छ।

