Author: नेपाल राज्य

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रम माघ १२ गतेदेखि सुरु गर्ने भएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि प्रसाद भुसालले कार्यक्रमको तालिका सार्वजनिक गर्दै जिल्लाका विभिन्न स्थानमा पुगेर जनताको गुनासो, सुझाव र अपेक्षा सुन्ने उद्देश्यसहित अभियान अघि बढाइने जानकारी दिएका छन्। भुमिकास्थान नगरपालिका बाट सुरु हुने भेटघाट कार्यक्रम औपचारिक भाषणभन्दा मुख्य संवादमा केन्द्रित हुनेछ, जहाँ स्थानीय समस्या र समाधानका विषयमा खुला छलफल गरिनेछ। पार्टीले जनताको आवाजलाई प्राथमिकतामा राख्दै अभियानलाई प्रभावकारी बनाउने बताएको छ। कार्यक्रम तालिका:

Read More

अर्घाखाँची । क्यानाडाको सिम्कोमा भएको कार दुर्घटनामा अर्घाखाँचीका विद्यार्थी दीपक मरासिनीको दुःखद निधन भएको छ। सन्धिखर्क नगरपालिका–११ (काब्रवोट) का २८ वर्षीय मरासिनी तीन वर्षअघि उच्च शिक्षा अध्ययनका लागि क्यानाडा गएका थिए। फ्यान्सा कलेजबाट पढाइ पूरा गरी वर्क परमिटमा काम गर्दै आएका उनी जनवरी ३१ मा नेपाल फर्किने तयारीमा थिए। परिवारका एक्ला छोरा दीपकको असामयिक निधनले परिवार, आफन्त र जिल्लावासीलाई गहिरो शोकमा डुबाएको छ।

Read More

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार पीताम्बर भुसालको निर्वाचनसँग सम्बन्धित बैठक तथा भेटघाट कार्यक्रम सार्वजनिक गरेको छ। एमाले अर्घाखाँचीले माघ ११ गतेदेखि फागुन १७ गतेसम्म सञ्चालन हुने विभिन्न निर्वाचन केन्द्रित बैठक, छलफल तथा मतदाता भेटघाट कार्यक्रमको तालिका सार्वजनिक गर्दै सम्वद्ध सबैको जानकारीका लागि सार्वजनिक गरिएको जनाएको छ। सार्वजनिक कार्यक्रमअनुसार माघ १७ र १८ गते काठमाडौँमा विशेष भेटघाट कार्यक्रम तय गरिएको छ। उक्त अवधिमा पार्टी नेतृत्व, शुभेच्छुक, बुद्धिजीवी तथा मतदातासँग व्यापक छलफल तथा अन्तर्क्रिया गरिने पार्टी कार्यालयका सचिव लिला बरालले जानकारी दिए। एमाले अर्घाखाँचीले निर्वाचन अभियानलाई व्यवस्थित,…

Read More

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका उम्मेदवार हरि प्रसाद भुसालले चन्दा संकलनमार्फत चुनावी खर्च जुटाउने अभियान सुरु गरेका छन्। पारदर्शिता र न्यूनतम खर्चलाई प्राथमिकता दिँदै उनले जनसहभागितामा आधारित चुनावी अभियान अघि बढाउने बताएका हुन् । उम्मेदवार भुसालले परम्परागत खर्चिलो र अपारदर्शी चुनावी अभ्यासको विरोध गर्दै आफू बरु असफल हुन तयार भए पनि भ्रष्टाचारमा संलग्न नहुने स्पष्ट अडान सार्वजनिक गरेका छन्। सामाजिक संजालमा लेख्दै “हामी बरु नष्ट हुन्छौँ, तर भ्रष्ट हुँदैनौँ” भन्दै उनले इमानदार राजनीतिक अभ्यासप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याए। चुनावी अभियान अधिकतम कम खर्चमा सम्पन्न गरिनेछ र त्यसमा समर्थक तथा सुभेच्छुकहरूको सक्रिय सहभागिता रहनेछ। ठूला आर्थिक स्रोत वा प्रभावशाली समूहको…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन् । उनले आगमी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ बाट मनोनयन दर्ता गरेका छन् । सभापति थापाले शनिबार नयाँ बानेश्वरमा आयोजित युवासँगको अन्तरक्रियामा भने, ‘भोलि म सर्लाही जाँदैछु । पटकपटक म गएको छु, क्षेत्र नम्बर ४ मा, तर, पोलिटिकल कार्यक्रममा गएको छु । यो पटक म उम्मेदवार बनेर जाँदै छु । मेरो मनमा एकदमै धेरै एक्साइटमेन्ट छ ।’ सभापति थापालाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री घोषणा गरेको थियो ।

Read More

अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारका रूपमा अघि आएका रवि शाह ठकूरीले वैदेशिक रोजगारीबाट फर्किएका आर्थिक अवस्था कम्जोर भएका १०जना युवालाई स्वदेशमै रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले निर्वाचित भए लगत्तै सीप र अनुभवको आधारमा रोजगारको व्यवस्था गरिने बताए। पछिल्लो समय आम नागरिकबीच गम्भीर छलफलको विषय बनेका छन्। करिब एक दशक लामो वैदेशिक बसाइपछि स्वदेश फर्किएका ठकूरीले राजनीति केवल पद र पहुँचका लागि होइन, सेवा र जिम्मेवारीका लागि हुनुपर्छ भन्ने मान्यतासहित उम्मेदवारी घोषणा गरि अगाडि बढेका हुन् । आर्थिक अवस्था कम्जोर परिवारमा जन्मेका शाह अविदेशी भूमिमा बिताएको १० वर्षको अवधिमा उनले नेपाली श्रमिकले भोग्नुपरेका…

Read More

अर्घाखाँची । मालारानी गाउँपालिका–५ बाँगी भण्डार निवासी दल बहादुर कुँवरका छोरा मृगौला पीडित ४५ वर्षका पूर्णबहादुर कुँवर को उपचारका लागि सिद्ध माध्यमिक विद्यालय बाँगीमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले खाजा खर्च कटाएर आर्थिक सहयोग संकलन गरेका छन्। विद्यालयका प्रधानाध्यापक डिल बहादुर के.सी. को नेतृत्वमा शोभाखर चुदाली, पाण्डवप्रसाद मिश्र, विष्णुबहादुर टण्डन, ललिता मिश्र, अनिता के.सी., सिता भुसाल, विद्यादेवी कुँवर, चन्द्रकला बस्नेत, रमेश कुमार खनाल, नेत्रप्रसाद पन्थी, संगिता बस्नेत, राजन बस्नेत, अशोक भुसाल, विकास बस्नेत, रुम बहादुर घर्ति, विष्णुमाया खनाल बस्नेत र नर्मदा भारती बस्नेत लगायत शिक्षक–कर्मचारीहरूले मानवीय भावनाका साथ सहयोग जुटाएका हुन्। खाजा खर्च कटाएर संकलित गरिएको उक्त सहयोग रकम ११ हजार…

Read More

अर्घाखाँची । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मालारानी गाउँपालिकाबाट चार जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। एउटै पालिकाका, फरक राजनीतिक पृष्ठभूमि र रणनीति बोकेका यी उम्मेदवारबीच प्रतिस्पर्धा चर्को हुने संकेत देखिएको छ। एमाले र माओवादी केन्द्र एकीकृत हुँदा रामबहादुर चौहान एमाले जिल्ला सचिव थिए भने पीताम्बर भुसाल जिल्ला कमिटी सदस्य थिए। २०६९ सालको एमाले सातौँ जिल्ला अधिवेशनमा चौहान सचिव निर्वाचित भए भने भुसाल पराजित भए। त्यसपछिका वर्षहरूमा पार्टी एकता, विभाजन र पुनर्गठनको राजनीतिक उतारचढावसँगै दुवै नेताको बाटो फरक दिशामा मोडियो। नेकपा विभाजनपछि माधव नेपाल नेतृत्वको नयाँ पार्टी निर्माण हुँदा चौहानले जिल्लामा विद्रोही धारको नेतृत्व गरे। त्यसपछि बनेको नेकपा एकीकृत…

Read More

अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट लामो समयदेखि राष्ट्रिय राजनीतिमा प्रभाव जमाउँदै आएका पूर्व सांसद तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। यही कानुनी झमेलाका कारण फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने उनको चाहना यसपटक पूरा हुन सकेन। २०६४ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका रायमाझी पूर्व नेकपा माओवादी केन्द्र हुँदै नेकपा एमालेसम्म आइपुग्दा पनि आफ्नो निर्वाचन जित्ने यात्रा निरन्तर कायम राख्दै आएका नेता हुन्। जनयुद्धपछि माओवादी आन्दोलनबाट उदाएका रायमाझी अर्घाखाँचीको राजनीतिक समीकरणमा सधैं निर्णायक पात्रका रूपमा चिनिँदै आएका थिए। उनी एमालेका केन्द्रीय सचिवसमेत बनेर पार्टीभित्र महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका थिए । राजनीतिक उचाइमा…

Read More

काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचनका क्रममा कुनै दल वा उम्मेदवारको पक्षमा मत आह्वान गर्ने वा एकपक्षीय प्रचार नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ। प्रेस काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले विज्ञप्ति जारी गर्दै तथ्यहीन भ्रामक र उत्तेजक सामग्री प्रकाशन गैरकानुनी हुने चेतावनी दिएका छन्। काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म १६३ उजुरी दर्ता भएका छन्। राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै माघ ४ गतेदेखि लागू आचारसंहिता पालनाबारे नियमित अनुगमन भइरहेको काउन्सिलले जनाएको छ।

Read More