अर्घाखाँची । क्यानाडाको सिम्कोमा भएको कार दुर्घटनामा अर्घाखाँचीका विद्यार्थी दीपक मरासिनीको दुःखद निधन भएको छ।
सन्धिखर्क नगरपालिका–११ (काब्रवोट) का २८ वर्षीय मरासिनी तीन वर्षअघि उच्च शिक्षा अध्ययनका लागि क्यानाडा गएका थिए। फ्यान्सा कलेजबाट पढाइ पूरा गरी वर्क परमिटमा काम गर्दै आएका उनी जनवरी ३१ मा नेपाल फर्किने तयारीमा थिए। परिवारका एक्ला छोरा दीपकको असामयिक निधनले परिवार, आफन्त र जिल्लावासीलाई गहिरो शोकमा डुबाएको छ।

