अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारका रूपमा अघि आएका रवि शाह ठकूरीले वैदेशिक रोजगारीबाट फर्किएका आर्थिक अवस्था कम्जोर भएका १०जना युवालाई स्वदेशमै रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले निर्वाचित भए लगत्तै सीप र अनुभवको आधारमा रोजगारको व्यवस्था गरिने बताए।
पछिल्लो समय आम नागरिकबीच गम्भीर छलफलको विषय बनेका छन्। करिब एक दशक लामो वैदेशिक बसाइपछि स्वदेश फर्किएका ठकूरीले राजनीति केवल पद र पहुँचका लागि होइन, सेवा र जिम्मेवारीका लागि हुनुपर्छ भन्ने मान्यतासहित उम्मेदवारी घोषणा गरि अगाडि बढेका हुन् ।
आर्थिक अवस्था कम्जोर परिवारमा जन्मेका शाह अविदेशी भूमिमा बिताएको १० वर्षको अवधिमा उनले नेपाली श्रमिकले भोग्नुपरेका पीडा, अपमान, शोषण र असुरक्षालाई नजिकबाट अनुभूति गरे। आफ्नै देशमा पर्याप्त अवसर नहुँदा बाध्य भएर विदेशिनुपर्ने युवाको यथार्थले उनलाई गहिरो सोचमा पुर्यायो। यही अनुभूतिले “अब अरूका लागि विदेश होइन, आफ्नै माटोमा केही गरौं” भन्ने अठोट जन्मायो र उनी स्थायी रूपमा स्वदेश फर्किए ।
स्वदेश फर्किएपछि ठकूरीले अर्घाखाँचीमै न्यु सुपादेउराली टुर एन्ड ट्राभल्स सञ्चालनमा ल्याए अहिले कृष्ण नगर बुटवल संचालनमा छन् ।यो संस्था केवल व्यवसायिक उद्देश्यमा सीमित छैन। सुरक्षित वैदेशिक रोजगारी, श्रम स्वीकृति, यात्रा व्यवस्थापन र सही सूचना प्रदान गर्दै युवालाई ठगीबाट जोगाउने अभियानमा समेत यो उनी र संस्था सक्रिय छ। विभिन्न संघ संस्थामा आवद्ध उनले वैदेशिक रोजगारीमा जानुअघि जानकारीको अभावले धेरै नेपाली ठगिनुपर्ने अवस्थालाई उनले आफ्नै अनुभवबाट बुझेका छन्।
व्यवसायसँगै समाजसेवामा उनको सक्रियता झनै उल्लेखनीय छ। विपन्न परिवार, श्रमिक, एकल महिला, विद्यार्थी र आपतमा परेका नागरिकको सहयोगमा उनी निरन्तर जुटिरहेका छन्। चुपचाप गरिएका यी सामाजिक कामहरू उनले कहिल्यै प्रचारको विषय बनाएका छैनन्। जिल्ला स्तरमा शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक न्यायका आवाज उठाउने काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनी बोल्ने भन्दा काम गर्ने रूपमा पनि चिन्छन्।
उम्मेदवारी दिदा उनले कुनै दलको झण्डा रोजेनन्। लामो समयदेखि देखिएको दलगत राजनीति, गुटबन्दी र स्वार्थकेन्द्रित नेतृत्वप्रति असन्तुष्ट हुँदै उनले स्वतन्त्र उम्मेदवारको बाटो रोजेका हुन्। उनका अनुसार हिन्दु रास्ट्र सहितका योजना रहेको र अर्घाखाँचीलाई अब भाषणमुखी होइन, नतिजामुखी प्रतिनिधि आवश्यक रहेको बताउछन् ।
उम्मेदवार शाहले आफ्नो प्राथमिकतामा रोजगारी सिर्जना, युवा पलायन रोकथाम, कृषि र पर्यटन प्रवर्द्धन, सडक तथा आधारभूत पूर्वाधार सुधार, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई राखेका छन्। नेपाल राज्य संग कुरा गरदै विदेशबाट फर्किएका आर्थिक अवस्था कम्जोर भएका १० जना युवा लाई रोजगारी दिने ग्यारेन्टी गरेका छन् । युवा शक्तिको सीप र पूँजीलाई जिल्लामै उपयोग गर्न सकिने वातावरण बनाउनु उनको मुख्य एजेन्डा हो।
स्थानीय तहदेखि संघीय तहसम्म नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, निर्णय प्रक्रियामा जनताको सहभागिता सुनिश्चित गर्ने र जनप्रतिनिधि भएपछि नियमित रूपमा जनतालाई कामको हिसाब दिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। “नेतृत्व सुविधा होइन, जिम्मेवारी हो” भन्ने सोचका साथ उनी चुनावी मैदानमा उत्रिएका छन्।
दलगत नचाहने विदेशी अनुभव, स्वदेशमै गरेको संघर्ष, उद्यमशीलता र समाजसेवाको मिश्रणले रवि शाह ठकूरीलाई परम्परागत राजनीतिभन्दा फरक पहिचान दिएको छ। अर्घाखाँचीको विकास र भविष्यका लागि नयाँ सोच, नयाँ शैली र इमानदार नेतृत्वको खोजीमा रहेका मतदाताका लागि उनी एक गम्भीर विकल्पका रूपमा देखिन थालेको उनी निकट बताउछन् ।

