झनक केसी , ठाडा अर्घाखाँची ।
शितगंगा नगरपालिकाले प्लाष्टिकका माला विक्रीमा रोक लगाउने भएको छ ।
शितगंगा नगरपालिका क्षेत्र भित्र स्थानीय फुललाई प्रवर्द्धन गर्न प्लाष्टिकका मालालाई निरुत्साहित गरी फुलका माला प्रयोगलाई प्रोत्साहित गर्न प्लाष्टिकका माला विकी वितरणको लागि रोक लगाउने भएको हो।
तिहारको चाडपर्वमा प्लाष्टिकका मालाको प्रयोग धेरै भएकोले वातावरणलाई प्रदूषित पार्ने र मानव स्वास्थ्यलाई समेत प्रतिकूल असर पार्ने भएकाले प्लाष्टिकका रोक लगाइएको हो ।
प्लाष्टिकका माला रोकको लागि आ-आफ्नो क्षेत्रबाट आवश्यक समन्वय एवं पहल गर्ने भन्ने निर्णय भएकोले निर्णय अनुसार कार्यान्वयनको लागि आवश्यक सहयोग तथा सहजिकरण गर्न प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जि.सी.ले जानकारी दिएका हुन ।
यता व्यपारीहरुले दुई हप्ता पहिले देखि जानकारी भएको भए लाखौंको नोक्सान नहुने र सहज हुने बताएका छ्न।