काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन् ।
उनले आगमी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ बाट मनोनयन दर्ता गरेका छन् ।
सभापति थापाले शनिबार नयाँ बानेश्वरमा आयोजित युवासँगको अन्तरक्रियामा भने, ‘भोलि म सर्लाही जाँदैछु । पटकपटक म गएको छु, क्षेत्र नम्बर ४ मा, तर, पोलिटिकल कार्यक्रममा गएको छु । यो पटक म उम्मेदवार बनेर जाँदै छु । मेरो मनमा एकदमै धेरै एक्साइटमेन्ट छ ।’
सभापति थापालाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री घोषणा गरेको थियो ।

