अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रम माघ १२ गतेदेखि सुरु गर्ने भएको छ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि प्रसाद भुसालले कार्यक्रमको तालिका सार्वजनिक गर्दै जिल्लाका विभिन्न स्थानमा पुगेर जनताको गुनासो, सुझाव र अपेक्षा सुन्ने उद्देश्यसहित अभियान अघि बढाइने जानकारी दिएका छन्।
भुमिकास्थान नगरपालिका बाट सुरु हुने भेटघाट कार्यक्रम औपचारिक भाषणभन्दा मुख्य संवादमा केन्द्रित हुनेछ, जहाँ स्थानीय समस्या र समाधानका विषयमा खुला छलफल गरिनेछ। पार्टीले जनताको आवाजलाई प्राथमिकतामा राख्दै अभियानलाई प्रभावकारी बनाउने बताएको छ।
कार्यक्रम तालिका:

