हरि कुँवर, अर्घाखाँची ।
क्रियाशील पेशागत संघ संगठन द्वारा कारबाहीको माग गरेका छन।
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड नं. ८ स्थित वालशिक्षा माध्यमिक विद्यालयका प्रधान प्राध्यापक राजेन्द्र पन्थीलाई घरवाट विद्यालय जाने क्रममा आइतबार भएको घटना प्रति क्रियाशील पेशागत संघ संगठनले प्रेस विमोचन मार्फत घोर आपत्ति जनाएको छ ।
उक्त व्यवहार गर्ने व्यक्तिहरुलाई पहिचान गरी कानुनी दायरामा ल्याएर कारवाही गर्न सम्बन्धित निकायसंग माग गरेको हो । प्रेस विज्ञप्तिमा लेखिएको छ । विभिन्न संघ संगठनले संयुक्तरूपमा हस्ताक्षर गरेका छन ।
नेपाल राज्य संग कुरा गर्दै उनले भने अराजक फैलाउने जो कोहि हो फुलको माला होइन,कानुनी रुपले नै जबाफ दिनुपर्छ । कुनै पनि समस्याको समाधान वार्ता बाट हुने बताए ।
उता धर्मेन्द्र बाँस्तोला निकट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले जनकारबाही गरेको बताएको थियो । जिल्ला इन्चार्ज हुकुम खड्का र सह संयोजक नरेश्वर पाण्डे गिरफ्तार भएको बताइएको हो ।
क्रियाशील पेशागत संघ संगठन र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले प्रेस विज्ञप्ति निकालेको छ ।