Author: नेपाल राज्य
अर्घाखाँची । मृगौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएपछि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ। मालारानी गाउँपालिका – ५ बाँगी मिलनटोल निवासी हुम बहादुर सुनारकी ३० वर्षीया छोरी लक्ष्मी वि.क.को दुवै मृगौला फेल भएपछि परिवार द्वारा आर्थिक सहयोगको अपिल गरिएको हो। हाल उनी काठमाडौंस्थित वीर अस्पतालमा नियमित डायलासिस उपचार गराइरहेकी लक्ष्मी वि.क. को जीवन रक्षा गर्न तत्काल मृगौला प्रत्यारोपण आवश्यक रहेको परिवारले जनाएको छ। मृगौला प्रत्यारोपण तथा त्यसपछिको उपचारका लागि करिब ३० लाख रुपैयाँ बराबरको खर्च लाग्ने अनुमान गरिएको छ। तर सामान्य आर्थिक अवस्था भएका कारण परिवारले सो रकम जुटाउन नसक्दा सहयोगको अपेक्षा गरिएको हो कलाकार तथा स्थानीय मोहित मुनालले जानकारी…
अर्घाखाँची अस्पताल अनुगमन तथा मुल्यांकन कार्यक्रम सम्पन्न , सुबिधा सम्पन्न भवनबाट ल्याब सेवा सुरू
हिम लेकाली ,माघ २० -अर्घाखाँची । न्युनतम सेवा मापदण्ड ( MSS ) कार्यान्वाय कार्यक्रम अन्तरगत अस्पताल अनुगमन मुल्यांकन तथा समीक्षा कार्यक्रम मङ्गलबार अर्घाखाँची अस्पताल सन्धिखर्कमा सम्पन्न भएकाे छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय ,स्वास्थ्य सेवा निर्देशनालयकाे आयाेजना र अर्घाखाँची अस्पताल प्रमुख जगन्नाथ तिवारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम मा प्रदेश बाट आएकाे बिज्ञ टाेलीले माघ १९ र २० गते मुल्यांकन गरि अर्घाखाँची अस्पताल MSS काे सुचकाङ्कमा प्रदेश मै अहिले सम्म ९४ अङ्क प्राप्त गरि तेस्राे स्थान प्राप्त गर्न सफल भएकाे घाेषणा गरेकाे छ । कार्यक्रममा स्वास्थ्य प्रमुख तिवारिले अस्पतालले गरेका ०८२/०८३ मा सन्चालित कार्यक्रमहरू र आगामि कार्ययाेजनाकाे बारे प्रकाश पार्नु भएकाे थियाे…
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँची–काठमाडौं सम्पर्क संगठन कमिटीले आयोजना गरेको उमेदवारसँग अन्तरक्रिया कार्यक्रम राजधानी काठमाडौंमा उल्लेखनीय सहभागितासहित सम्पन्न भएको छ। माघ १७ गते शनिबार क्वालिटी ब्याङ्क्वेटमा सम्पन्न कार्यक्रमले काठमाडौंमा रहेका अर्घाखाँचीवासी एमाले नेता–कार्यकर्ता र शुभेच्छुकहरूलाई एकै थलोमा उभ्याउँदै चुनावी सन्देश स्पष्ट पारेको थियो । कार्यक्रममा अर्घाखाँची क्षेत्रको राजनीतिक भविष्य, विकासको दिशा र संगठनात्मक रणनीतिबारे खुला बहस भएको थियो। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पिताम्बर भुसाल, एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य तथा नेता बोमबहादुर विकसहित पार्टीका केन्द्रीय, जिल्ला र स्थानीय तहका नेताहरूको सक्रिय उपस्थिति रहेको थियो। अन्तरक्रियामा उम्मेदवार पिताम्बर भुसालले अर्घाखाँचीको विकासलाई भाषणमा सीमित नराख्ने…
अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ९ टारीस्थित सालझण्डी–ढोरपाटन सडक खण्डमा टिपरको ठक्करबाट एक जनको मृत्यु भएको छ। शुक्रबार साझ करिब ७ बजे हंसपुरबाट टारीतर्फ आउँदै गरेको लु १ क ५१३३ नम्बरको बालुवा लोड गरिएको टिपरले मालारानी गाउँपालिका वडा नं. ५ निवासी अन्दाजी ३५ वर्षका उमेश खत्रीलाई ठक्कर दिएको हो। ठक्करबाट खत्रीको बाँया हात र टाउकोमा गम्भीर चोट लागेको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी अर्घाबाट प्रहरी बरिष्ठ हवल्दार भरत जि.सी.को कमाण्डमा २ जनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक दिवस बहादुर जि.सी.को कमाण्डमा ५ जनाको टोली घटनास्थलमा खटिएको थियो। घाइते खत्रीलाई उपचारका लागि जिल्ला…
काठमाडौँ । अर्थमन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा गरिसकेको छ। मन्त्रालयले गत मंसिरमा ४ अर्ब ९६ करोड र पुसमा १ अर्ब ७७ करोड गरी दुई चरणमा स्रोत सहमति दिएको हो। निर्वाचनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ स्रोत सुनिश्चित भएको छ। जसमध्ये आयोगलाई करिब एकतिहाइ रकम निकासा भएको हो। आगामी निर्वाचनका लागि सुरक्षातर्फ गृह मन्त्रालयले १७ अर्ब २१ करोड रूपैयाँ बजेट माग गरेको थियो। जसमध्ये १० अर्ब ३९ करोड रूपैयाँको स्वीकृति दिएको छ। राष्ट्रिय अनुसन्धान विभागका लागि अर्थले १३ कात्तिकमा २ करोड ८० लाखको स्रोत सहमति अर्थले दिएको थियो।…
रास्वपा उम्मेदवार हरि भुसाल भन्छन्: देशलाई आज प्रवासी नेपालीको उपस्थिति चाहिएको हो ,चुनावअघि जन्मभूमि फर्किनुस
अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरि प्रसाद भुसालले देशबाहिर रहेका नेपालीहरूलाई चुनावअघि स्वदेश फर्कन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै भुसालले विदेशमा बसेर पनि देश परिवर्तनका लागि निरन्तर साथ, सहयोग र सकारात्मक भूमिका खेलेकोमा आभार व्यक्त गरेका छन्। दैनिक अध्ययन तथा कामबाट समय निकालेर सामाजिक सञ्जालमा लेखिने विचार, घरपरिवार र समाजमार्फत प्रवाह हुने सन्देशले प्रवासी नेपालीहरूको देशप्रतिको चिन्ता र जिम्मेवारी स्पष्ट भएको उनको भनाइ छ। उनले देश जिल्ला र समाजको हितका लागि विवेकपूर्ण ढंगले सक्रिय भूमिका निर्वाह गरेकोमा कृतज्ञता व्यक्त गर्दै सकेसम्म चुनावी मितिभन्दा अगावै आफ्नो जन्मभूमि फर्कन अनुरोध गरेका छन्।…
काठमाडौं । धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा सोमबार साँझ पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिले जानकी मन्दिर परिसर केही समय फरक माहोलमा देखियो। पूर्वराजा शाहले जानकी मन्दिर पुगेर विधिपूर्वक पूजाआजा तथा दर्शन गरेका थिए । मन्दिर प्रवेशका क्रममा जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उनलाई स्वागत गरेका थिए। दर्शनका बेला मन्दिर परिसरमा उनका समर्थकहरू पनि उपस्थित थिए। धार्मिक भ्रमणकै क्रममा पूर्वराजा शाहले जनकपुरमा रहँदा समर्थकहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ। पूर्वराजा शाह आइतबार नै जनकपुरधाम पुगेका थिए।
अर्घाखाँची । नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामबहादुर चौहानले स्वदेशमै रोजगारी सिर्जना गर्नु नै आफ्नो चुनावी अभियानको मुख्य एजेन्डा भएको बताएका छन्। मतदाता भेटघाटका क्रममा उम्मेदवार चौहानले बेरोजगारी र आर्थिक अभावका कारण जिल्लाका दाजुभाइ तथा दिदीबहिनीहरू विदेशी भूमिमा दुःख, पीडा र जोखिमपूर्ण काम गर्न बाध्य हुनुपरेको यथार्थ आफूले नजिकबाट बुझेको बताए। देशभित्रै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सके मात्र युवाको विदेश पलायन रोक्न सकिने उनको भनाइ छ। उनले आर्थिक विकास, रोजगारी र सुशासनलाई आफ्नो चुनावी प्रतिबद्धताको मूल आधार बनाएको उल्लेख गर्दै जनताको जीवनस्तर सुधार्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे। “रामबहादुर चौहान असल र सक्षम व्यक्ति…
अर्घाखाँची । नेकपा एमालेबाट अर्घाखाँची प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका पिताम्बर भुसाल जिल्लामा अनुभवी राजनीतिज्ञ तथा समाजसेवीका रूपमा परिचित छन्। अर्घाखाँचीको बाँगी गाविसमा २०२७ सालमा जन्मिएका भुसालले १४ वर्षको उमेरदेखि नै अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। आदर्श माध्यमिक विद्यालय, खनदहमा अध्ययनरत रहँदै प्रगतिशील विद्यार्थी आन्दोलनमा सक्रिय बनेका भुसाल २०५४ सालको स्थानीय तह निर्वाचनमा बाँगी गाविसबाट नेकपा एमालेको तर्फबाट गाविस अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि गाउँ, इलाका र क्षेत्र हुँदै जिल्ला कमिटी सदस्य बनेका उनी हाल अर्घाखाँची जिल्लामा दोस्रो कार्यकालका लागि एमाले जिल्ला अध्यक्षको जिम्मेवारीमा छन्। गत निर्वाचनमा चौतर्फी घेराबन्दीका बीच पनि एमाले अर्घाखाँचीलाई शीर्ष स्थानमा पुर्याएका थिए। जिल्लाको भूगोल, सामाजिक…
अर्घाखाँची । जिल्लाको व्यापारिक गतिविधिको विस्तार तथा कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ आयोजना गरिएको सातौँ अर्घाखाँची महोत्सव २०८२ उत्साह रूपमा सम्पन्न भएको छ। अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा सन्धिखर्क नगरपालिका–१ कुडुलेफाँटमा सञ्चालन भएको महोत्सव आइतबार विशेष कार्यक्रम बीच सम्पन्न गरिएको हो। गत पुस २७ गतेदेखि सुरु भएको महोत्सवले करिब दुई हप्ता अर्घाखाँची जिल्लालाई व्यापार, कलाकारको मनोरञ्जन र सांस्कृतिक उत्सवको केन्द्रका रूपमा स्थापित गर्यो। महोत्सव अवधिभर स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति, विविध व्यापारिक स्टल, कृषि उत्पादन तथा घरेलु उद्योगका सामग्रीहरूको प्रदर्शनीले दर्शकको ध्यान आकर्षित गरेको थियो। समापन समारोहमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले यस्ता महोत्सवहरू स्थानीय उत्पादनलाई बजारसँग जोड्ने…
