नेपाल राज्य संवाददाता
अर्घाखाँची– नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सचिव एवं पूर्वसांसद डिलाराम आचार्यले राजा ल्यानुपर्ने भन्दै हिडेको राप्रपासँग मिलेर चुनाव लडेपछि लोकतान्त्रिक गणतन्त्रको व्यवस्था माथि खतरा देखिएको बताए । उनले एमाले केपी ओली र राप्रपा नै अपवित्र गठबन्धन गरेको उनले बताए ।
राप्रपा गणतान्त्रिक व्यवस्था ढालेर राजा ल्याउने पक्षमा वकालत गर्दै हिडेको छ, त्यो सँग एमाले मिल्नु भनेको गणतन्त्रको लागि खतरा भएको आचार्यले टिप्पणी गरे । सन्धिखर्कको लदाम बगैचामा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै आचार्यले सांसद भंग गर्ने एमाले केपी ओलीलाई गठबन्धनले परास्त गर्ने बताए ।
गणतन्त्र र शान्ति प्रक्रियामा साझेदार रहेका कांग्रेस, माओवादी, जनमोर्चाको गठबन्धन लोकतान्त्रिक र जनताको पक्षमा भएको उनले बताए । ओलीले राजावादीसँग साँठगाँठ गरेर गणतन्त्र सखाप पार्ने षडयन्त्रमा रहेको आचार्यको भनाई छ । प्रतिगमनकारी र बिखण्डनकारी शक्तिलाई पररास्त गर्न गठबन्धन भएको र अर्घाखाँची सहित देशभर गठबन्धनको जित भैसकेको उनको दावी छ ।