हरि कुँवर- अर्घाखाँची ।
लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य चेतनारायण आचार्यले खेल र खेलाडीहरूको सम्मानका लागि केही रकम राज्यले छुट्टाउनु पर्ने बताएका छन् ।
मालारानी गाउँपालिका खनदह अर्घाखाँचीको आयोजनामा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आइतबार मालारानी-३ गिद्दपोखरीमा कार्यक्रम उद्घाटन गर्दै पूर्व मन्त्री आचार्यले विद्यार्थी देशका भविस्य हुन। खेल स्वास्थ्यको लागि मात्र नभएर देशको लागि महत्त्वपूर्ण भएकोले खेल र खेलाडीको लागि तिनै तहका सरकारले बजेट छुट्टाउनुपर्ने बताए ।
मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चेतनारायण कडेलको स्वागत मन्तव्य र आदर्श माध्यमिक विद्यालयका प्राध्यापक भेषराज खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
गाउँपालिका भित्रका सिद्व नेरा मा.वि मालारानी-१, सरस्वती माता मा.वि. मालारानी-२, बिरेन्द्र मा.वि. मालारानी-२,आदर्श मा.वि. मालारानी-३,कालिका नेरा मा.वि. मालारानी-४, किरण मा.वि. मालारानी-४,शान्ति मा.वि. मालारानी-५,सिद्व मा.वि. मालारानी-५,सिद्वार्थ मा.वि. मालारानी-६, अर्घामेहलपानी मा.वि. मालारानी-६, बैधनाथ निमकुमारी बलबहादुर मा.वि.मालारानी-७,बालशिक्षा मा.वि. मालारानी-८, सुर्य मा.वि. मालारानी-९ र भुमेदह मा.वि. मालारानी-९ गरि १४ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको कार्यक्रममा वडा अध्यक्ष ,मा.वि प्रअ पालिका स्तरका राजनैतिक दल , संघ संस्थाका प्रमुखहरु सहभागी भएका थिए ।