अर्जुन भुसाल , अर्घाखाँची । सन्धिखर्क ८ किमडाँडा सापकोटा टाेलमा जनसहयाेगमा निर्माण भएकाे शिवालय मन्दिरमा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ र उहाँका दुई दाजुभाइले वाइरिङ, बल्ब जडान, रङराेगन तथा ढाेकाकाे व्यवस्था मिलाइदिनु भएकाे छ ।
नगर प्रमुख सहित उहाँका दाइ ठाकुरप्रसाद श्रष्ठ, उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहनुभएका भाइ काजी श्रेष्ठले संयुक्त रूपमा मन्दिरमा विविध सहयाेग गर्नुभएकाे हाे । श्रेष्ठ दाजुभाइकाे सहयाेगले मन्दिर निर्माणका लागि ठूलाे राहत मिलेकाे निर्माण समितिका अध्यक्ष गिरीप्रसाद सापकोटाले बताउनुभयाे । मन्दिरमा रङराेगनका लागि करिव १ लाख, ढाेका जडानका लागि ८० हजार र वाइरिङका लागि ५८ हजार रूपैयाँ खर्च भएकाेमा साे रकम श्रेष्ठ परिवारले व्यहाेरेकाे निर्माण समितिका सचिव रामप्रसाद सापकोटाले बताउनुभयो ।
मन्दिर निर्माणका लागि प्रदेश सरकारबाट ४ लाख ५० हजार विनियोजन भएकाे थियाे । जनसहयाेग, जनश्रमदान र प्रदेश सरकार गरी करिव ४० लाख रूपैयाँ खर्च भएकाे सचिव सापकोटाले बताउनुभयाे । ०७८ पुस ३० गते तत्कालीन कावा वडा अध्यक्ष नारायण अर्यालबाट शिलान्यास भइ निर्माण सुरू गरिएकाे मन्दिरकाे निर्माण कार्य अन्तिम चरणमा पुगेकाे छ । मन्दिर निर्माणका लागि समाजसेवी लाेकनाथ सापकोटाले करिव ११ आना जग्गा दान गर्नुभएको हाे । अब मन्दिर सञ्चालनका लागि दीर्घकालीन लक्ष्य तय गर्न लागिएकाे सचिव सापकोटाले बताउनुयाे ।