Author: नेपाल राज्य
काठमाडौं। पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको ९० वर्षको उमेरमा आज बिहान काठमाडौंमा निधन भएको छ। १९९३ सालमा अर्घाखाँचीमा जन्मिएका शास्त्री कांग्रेस संगठन विस्तार र आन्दोलनहरूमा सक्रिय थिए। २०४८ मा सांसद निर्वाचित भई उद्योगमन्त्री बनेका थिए। श्रीमती, दुई छोरा र दुई छोरी रहेका शास्त्रीको अन्तिम संस्कार छोराहरू फर्किएपछि गरिने परिवारले जनाएको छ।
रियाद, साउदी अरब। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) साउदी अरबले आफ्नो दशौँ राष्ट्रिय महाधिवेशन आगामी १८ जुलाई शुक्रबारका दिन राजधानी रियादमा आयोजना गर्ने घोषणा गरेको छ। संघको मिति १४ जून २०२५ शनिबारका दिन बसेको छैठौं नियमित तथा पूर्ण बैठकले महाधिवेशन सम्बन्धी निर्णय गर्दै तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। निर्वाचन समितिको संयोजकमा रामबहादुर क्षेत्री चयन भएका छन् भने भीम गुरुङ र दिनेश न्यौपाने सदस्य रहेका छन्। संघले साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई महाधिवेशनमा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै, कार्यक्रममा उपस्थित भई महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन अनुरोध गरेको छ। साथै, संघको आगामी कार्यकाल…
काठमाडौं । तेह्रथुमको म्याङलुङ नगरपालिका–९ साब्लामा खेतमा आली लगाउँदै गरेका ३५ वर्षीय बलबहादुर ठटालको मृत्यु भएको छ। फेदाप गाउँपालिका जलजले घर भई हाल साब्लामा बस्दै आएका ठटाल आइतवार दिउँसो खेतमै मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार समूहमा काम भइरहेको बेला अरु खाजा खान गएका बेला उनी खेतमै रहेर काम गरिरहेका थिए। त्यही क्रममा उनी लडेका थिए। उनको शव आलीमा सिरानी लगाएर पल्टिएको अवस्थामा भेटिएको थियो। ठटालको शव पोस्टमार्टमका लागि तेह्रथुम अस्पतालमा राखिएको छ।
अर्घाखाँची छत्रदेवको अर्घातोष र भगवतीमा पसल अनुगमन , झन्डै २० हजार बराबरको सामान जफत गरी नष्ट
रुद्रमणि भुसाल,अर्घाखाँची। अर्घाखाँची जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त आयोजनामा आज अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको अर्घातोस र भगवतीका विभिन्न पसल अनुगमन गरी उपभोग गर्न नमिल्ने र म्याद नाघेका झण्डै २० हजार बराबरको सामान जफत गरि नष्ट गरिएको छ। अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले अर्घातोषका विभिन्न किराना तथा फलफुल पसलहरूमा अनुगमन गर्दा अखाद्य मिठाई ,चाउचाउ, सुजी, चिजबल लगायतको सामानको म्याद गुर्जेका वस्तुहरू जफत गरी नष्ट गरिएको हो बताएका हुन् । जिल्लामा पछिल्लो समय ग्रामीण क्षेत्रका पसलहरूमा पनि नियमित रूपमा अनुगमन गर्न थालिएपछि अहिले उपभोक्ताहरुमा केही सचेतना जागेको र पसलहरूले पनि म्यादगुर्जेका सामग्रीहरू छुट्टाएर राख्न थालेको…
काठमाडौं । बेरोजगार युवायुवतीलाई विदेश पठाउने प्रलोभनमा परेर ठगिएको उजुरीका आधारमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कपिलवस्तुकी दिपा शर्मा र झापाका व्रिजेश सुवेदी छन्। दिपाले क्यानडा पठाइदिने भन्दै २३ लाख ५० हजार र व्रिजेशले यूके पठाउने भन्दै २ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। लामो समयसम्म सम्पर्कविहीन रहेपछि पीडितले उजुरी दिएको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ ।
काठमाडौं । अर्घाखाँची मालारानी-५ बाँगीका गायक, गीतकार तथा संगीतकार मणि कुँवरको नयाँ गीत ‘बैमानी’ हाल अन्तिम तयारीको चरणमा पुगेको छ। भावनात्मक गहिराइ बोकेको यस गीतमा मणि कुँवर र लोकप्रिय गायिका समिक्ष्या अधिकारीको स्वर रहेको छ। गीतका शब्द र संगीत स्वयं मणि कुँवरले तयार पारेका हुन्। ‘बैमानी’ मा ओबी रायमाझी र लोसिना लामिछानेले दमदार अभिनय गरेका छन् भने गीतको निर्देशन विक्रम चौहानले गरेका हुन् । भिडियोको छायांकनदेखि सम्पादनसम्म अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ भन्ने निर्माण टिमको भनाइ छ। बुधबार शुभारम्भ डिजिटल म्युजिक (Shubharambha Digital Music) द्वारा सार्वजनिक हुने भएको हो । गीतले दर्शक–श्रोताको मनमा लोभ्याउने विश्वास गरिएको छ । छिट्टै सार्वजनिक…
काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको घरमा दुईजना मृत अवस्थामा फेला परेका छन्। भारत चण्डिगढका ५४ वर्षीय परमनारायण गिल र धादिङ गल्छी गाउँपालिका–६ की २८ वर्षीया अन्जना तामाङ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका हुन् । अन्जनाको टाउकोमा चोट रहेको छ। घटना रहस्यमय देखिएकाले प्रहरीले थप अनुसन्धान थालेको छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजन भएको छ । आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्दै सरकारले कृषि, उद्योग, पर्यटन र पूर्वाधार निर्माणमा बजेटलाई प्राथमिकतामा राखेको जनाएका छन् । बजेट वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८ दशमलव…
अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१, हल लाइन स्थायी ठेगाना भई हाल अमेरिकामा बसोबास यमलाल भुसालले आफ्नो जन्मदिनलाई सामाजिक र धार्मिक चेतनाको माध्यम बनाउँदै एक उदाहरणीय कार्य गरेका छन् । उनले ‘ॐ श्रीकृष्ण गौशाला नरपानी’मा आश्रित गाईगोरुहरूको दाना र भेलिको लागि रु २० हजार आर्थिक सहयोग राष्ट्रिय वाणिज्य बैंकको खातामार्फत गौशालालाई प्रदान गरेका हुन् । उहाँको सहयोगले दैनिक दाना र उपचारमा ठूलो राहत मिल्नेछ। भुसालको यो पुण्य योगदानले समाजमा गौसेवाप्रतिको आस्था अझ सुदृढ बनाउने विश्वास गौशाला व्यवस्थापनले बताएको छ। भन्ने गरिन्छ नि “मनदेखी गरिने सहयोग सानो होस् या ठुलो, जब दिलदेखि गरिन्छ, त्यो अमूल्य हुन्छ।” यसरी जन्मदिनलाई रमाइलो भन्दा पनि पुण्य कार्यमा…
अर्घाखाँची। छत्रदेव गाउँपालिका-३ शिख्र गाउँमा राति विस्तारमा सुतिरहेका श्रीमानलाई धारिलाे हतियारले टाउकोमा पछाडिबाट प्रहार गरेर श्रीमतीले हत्या गरेकी छिन । ३८ बर्षीय रामु कुमाललाई उनका पत्नि २७ बर्षीय मेखमाया कुमालले मध्यराति साढे १२ बजेतिर हत्या गरेकाे प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए । रामुलाई सुतिरहेको बेला मेखमायाले टाउकोमा पछाडिबाट दाउले हानेर हत्या गरेकी हुन । बेलुका पतिपत्नीबीच घरायसी कुरामा सामान्य विवाद भएर झगडा भएको थियो । पतिको हत्या गर्ने मेखमायालाई आइतबार विहान घरबाटै पक्राउ गरेको छ । घटनाको भएको छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
