अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका–१, हल लाइन स्थायी ठेगाना भई हाल अमेरिकामा बसोबास यमलाल भुसालले आफ्नो जन्मदिनलाई सामाजिक र धार्मिक चेतनाको माध्यम बनाउँदै एक उदाहरणीय कार्य गरेका छन् ।
उनले ‘ॐ श्रीकृष्ण गौशाला नरपानी’मा आश्रित गाईगोरुहरूको दाना र भेलिको लागि रु २० हजार आर्थिक सहयोग राष्ट्रिय वाणिज्य बैंकको खातामार्फत गौशालालाई प्रदान गरेका हुन् ।
उहाँको सहयोगले दैनिक दाना र उपचारमा ठूलो राहत मिल्नेछ। भुसालको यो पुण्य योगदानले समाजमा गौसेवाप्रतिको आस्था अझ सुदृढ बनाउने विश्वास गौशाला व्यवस्थापनले बताएको छ।
भन्ने गरिन्छ नि “मनदेखी गरिने सहयोग सानो होस् या ठुलो, जब दिलदेखि गरिन्छ, त्यो अमूल्य हुन्छ।”
यसरी जन्मदिनलाई रमाइलो भन्दा पनि पुण्य कार्यमा समर्पित गर्नु समाज परिवर्तनका लागि प्रेरणादायी अभ्यास हो।
नरपानी गौशाला परिवारले यमलाल भुसालको उज्ज्वल दीर्घायु र शुभकामना समेत व्यक्त गरेको छ ।

