काठमाडौं ।
अर्घाखाँची मालारानी-५ बाँगीका गायक, गीतकार तथा संगीतकार मणि कुँवरको नयाँ गीत ‘बैमानी’ हाल अन्तिम तयारीको चरणमा पुगेको छ।
भावनात्मक गहिराइ बोकेको यस गीतमा मणि कुँवर र लोकप्रिय गायिका समिक्ष्या अधिकारीको स्वर रहेको छ। गीतका शब्द र संगीत स्वयं मणि कुँवरले तयार पारेका हुन्।
‘बैमानी’ मा ओबी रायमाझी र लोसिना लामिछानेले दमदार अभिनय गरेका छन् भने गीतको निर्देशन विक्रम चौहानले गरेका हुन् । भिडियोको छायांकनदेखि सम्पादनसम्म अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ भन्ने निर्माण टिमको भनाइ छ। बुधबार शुभारम्भ डिजिटल म्युजिक (Shubharambha Digital Music) द्वारा सार्वजनिक हुने भएको हो ।
गीतले दर्शक–श्रोताको मनमा लोभ्याउने विश्वास गरिएको छ । छिट्टै सार्वजनिक गरिने तयारीमा रहेको यस गीतले नेपाली आधुनिक संगीतमा नयाँ स्वाद थप्ने अपेक्षा गरिएको हो ।

