रुद्रमणि भुसाल,साउन ३०- अर्घाखाँची ।
पहाडी जिल्लाहरुमा बर्खायाममा पानीबाट हुने विपद न्यूनीकरणका लागि अर्घाखाँचीमा विपद् प्रतिकार्य पूर्व तयारी अभ्यास गरिएको छ ।
सन्धिखर्क नगरपालिका ७ दहखोलामा गुडिरहेको बसलाई पहिरोसहित आएको बाढीले बगाएपछि गरिने उद्धार सम्बन्धी नमुना अभ्यास गरिएकको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति अर्घाखाँचीले प्राकृतिक विपत्तिमा परेकाहरुलाई तत्काल उद्धार, उपचार तथा राहत उपलब्ध गराउने योजनाअनुसार तयारी पारिएको उद्धारसम्बन्धी अभ्यास प्रदर्शन गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानारी दिनुभयो ।
मनसुनको समयमा बाढी, पहिरोलगायत विभिन्न प्रकारका सम्भावित प्राकृतिक विपत्तिहरूमा परेका सर्वसाधारणलाई तत्काल उद्धार गर्ने उद्देश्यले नेपाली सेना , नेपाल प्रहरी, सशस्त्र प्रहरी ,नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पतालको संयुक्त उद्धार समिति बिपद पुर्वअभ्यास प्रदर्शनमा सहभागी भएकको बिरभद्रजङ्ग गुल्म अर्घाखाँचीका नेपाली सेनाका प्रमुख सेनानी रिक्की पाण्डले बताउनु भयो ।
संयुक्त उद्धार समितिले प्रदर्शन गरेको विपद पूर्वतयारीका कार्यक्रममको स्थलगत अभ्यासले सर्वसाधारणलाईसमेत सचेत रहन तथा उद्धारमा संलग्न हुनुपर्ने जानकारी प्राप्त भएको विपद् पूर्वतयारी अभ्यास कार्यक्रममा सहभागी सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले बताउनु भयो । पहिरोमा परेर घाइते भएका मानिसलाई उद्धार, राहत, प्राथमिक उपचार लगायतका प्रतिकार्य अभ्यासको प्रदर्शन प्रभावकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईको भनाई छ ।
कार्यक्रममा बिरभद्रजङ्ग गुल्म अर्घाखाँचीका नेपाली सेनाका प्रमुख सेनानी रिक्की पाण्डे , नेपाल प्रहरीका डिएसपी चक्र बहादुर मल्ल , सशस्त्र प्रहरीका योगराज दाहाल , जिल्ला अस्पतालका प्रतिनिधि कृष्ण मुखिया, नेपाल पत्रकार महा सघंका उपाध्यक्ष रुद्रमणि भुसाल रेडक्रस, सोसाइटीका प्रतिनिधि ठाकुर अधिकारी , राष्ट्रिय अनुसन्धान प्रतिनिधि, सन्धिखर्क स्वास्थ्य शाखा प्रतिनिधि स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सहसेनानी गुन बहादुर रानाको संचालनमा सम्पन्न भएको हो ।
.