नेपाल राज्य संवाददाता
अर्घाखाँची– सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जेष्ठ नागरिक, अपांग, एकल महिलालाई गाउँमै पुगेर सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने बताए । उनले वृद्धवृद्धालाई आफुले धेरै दुःख नदिने बताए । वडा ९ को अर्घा रजस्थल माविमा सोमबारबाट भत्ता वितरण शुरु गरियो ।
अर्घाबाट सन्धिखर्क गाडी रिर्जव गरेर आउजाउ गर्दा दुई/तीन हजार रुपैयाँ खर्च हुन्थ्यो, अब गाउँमै आएर वितरण गरेकाले त्यो दुःखको अन्त्य भएको उनले बताए । १ सय ३ वर्षीय नन्दी भुसाललाई उपलब्ध गराइएको छ ।
आगामी दिनमा टोलटोलमा पुगेर भत्ता बाँड्ने आश्वासन उनले दिए । टोलबाट गाडीमा बोकेर वृद्धवृद्धलाई अर्घा रजस्थल माविमा ल्याइएको थियो । बैंकसँग सम्झौता गरेर वडाअध्यक्ष पदमबहादुर भुसालले यसको व्यवस्थापन गरेका थिए ।
भत्ता वितरण कार्यक्रम पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा भएको थियो ।