नेपाल राज्य संवाददाता
अर्घाखाँची– निवर्तमान उपसभामुख एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले अर्घाखाँचीको नरपानीमा पूर्वाधार निर्माण गरेर हिलस्टेशनको रुपमा विकास गरेर अन्तराष्ट्रिय पर्यटकीय केन्द्र बनाउने बताइन । चिसो ठाउँ नरपानीमा अहिले स्वदेशका धेरै जिल्लाबाट र भारतबाट पर्यटक गर्मी छल्न आउने गर्छन् ।
नरपानी र पाणिनि तपोभूमि जोडन दुई वर्ष अघि पदमाग निर्माण भएको छ । गठबन्धनद्धारा नरपानीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य भुसालले विभिन्न पर्यटकीय संरचना बनाउने, पर्यटकलाई आकर्षक गन्तव्य बनाएर धेरै पर्यटक भित्राएर यहाँका युवालाई स्वरोजगार बनाउने उनले बताइन । अहिले पिकनिक स्टोस् छ ।
यहाँ सुपादेउराली मन्दिरमा दर्शनपछि प्रसाद ग्रहण गर्न नरपानी तर्थालु आउने गर्छन् ।