अर्घाखाँची ।
लोक दोहोरी क्षेत्रमा लामो समयदेखि निरन्तर कडा मेहनत गरेर आफूलाई स्थापित गराएका अर्घाखाँचीका गायक वसन्त लम्सालले “मगर्नीको तीनपाने” गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
गायक वसन्त लम्साल तथा गायिका सपना गाहा र सम्झना रानापालको स्वरमा सजिएको लोकदोहोरी गीत “मगर्नीको तीनपाने” को प्रेम गौतम द्वारा रचना गरिएको थियो । गीतलाई गायक लम्सालले नै संगीत वद्ध गरेका हुन् । विश्वास नेपाल गीतका संगीत संयोजक हुन्,भने कुमार रानाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
गायक वसन्त लम्सालले आफ्नै युटुव च्यानल बाट सार्वजनिक गरेको उक्त गीत दुई दिनमै १ लाखभन्दा अधिकले हेरेका छन् । म्युजिक भिडियोमा श्याम मल्ल, अस्मि सुनार, सुमन परियार तथा शरद एलजीको दमदार अभिनय देख्न सकिन्छ । पलटनदेखी लाउरे गाउँ फर्केपछि रमाइलो तिर लागेको दृश्य देखाइन्छ ।
सुजन मगर द्वारा निर्देशित गीतको करण चैसिरले कोरियोग्राफी गरेका हुन् भने भिडियोलाई शिव पौडेलले सम्पादन गरेका थिए ।
म्युजिक भिडियो :