संघ र प्रदेशको चुनावका लागि आयोगले माग्यो १० अर्ब
नेपाल राज्य संवाददाता
काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचन आयोगले संघ र प्रदेशको चुनावको लागि १० अर्ब खर्च मागेको छ । आयोगले चुनावको मिति तोक्न परामर्श गर्दै १० अर्ब रकम खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालको बजार मूल्यअनुसार चुनाव सम्पन्न गराउन करिब १० अर्ब खर्च लाग्ने अनुमान पेस गरिएको जानकारी दिए । यसअघि ०७४ को प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्न ७ अर्ब ८० करोड खर्च भएको थियो ।
भेटमा सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खााड, संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा लगायत थिए भने आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, निर्वाचन आयुक्तहरु ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा।जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा सहभागी थिए ।