काठमाडौं ।
बेरोजगार युवायुवतीलाई विदेश पठाउने प्रलोभनमा परेर ठगिएको उजुरीका आधारमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कपिलवस्तुकी दिपा शर्मा र झापाका व्रिजेश सुवेदी छन्। दिपाले क्यानडा पठाइदिने भन्दै २३ लाख ५० हजार र व्रिजेशले यूके पठाउने भन्दै २ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
लामो समयसम्म सम्पर्कविहीन रहेपछि पीडितले उजुरी दिएको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ ।