म्याग्दीको मालिका गाउँपालिका–२ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर ५ जनाले ज्यान गुमाएका छन् । पहिरोमा पुरिएका छिमेकी परिवारका ३७ वर्षीय घामबहादुर, उनकी ३२ वर्षीया श्रीमती राममाया र ८ वर्षीया छोरी रोजीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोठे विकका छोराहरु १७ वर्षीय नवीन र १४ वर्षीय राजन विकको घटनास्थलमै मृत्यु भएको हो ।