अर्घाखाँची ।
कवि कृष्ण प्रसाद भुसाल द्वारा लिखित पुस्तक “सपनाको मुलुक” को विमोचन भएको छ ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान अर्घाखाँचीका सदस्य कवि कृष्ण प्रसाद भुसाल ”अजस”को सपनाको मुलुक नामक कविता सङ्ग्रह आज बुधबार लुम्बिनी वाङ्मय प्रतिष्ठानको आयोजनामा अर्घाखाँचीको सन्धिखर्कमा विमोचन भएको हो ।
उक्त कार्यक्रममा पुस्तकको समिक्षा पाणिनि वेद विद्याश्रमका प्राचार्य भेषराज चुँदालीले अन्य स्रष्टाहरुले शुभकामना दिएका थिए ।कार्यक्रमको अध्यक्षता लुम्बिनी वाङ्मय प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष विष्णु प्रसाद वस्याल र कार्यक्रमको सञ्चालन सुनिता पन्थ भुसालले गरेका हुन् ।

